१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

जिल्ला नगरको तर्फबाट केन्द्रीय सदस्य पदको पनि परिणाम आयो, प्रधान प्यानलको बहुमत



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनको पछिल्लो परिणाम अनुसार वस्तुगत उपाध्यक्ष र जिल्ला नगरको उपाध्यक्ष सहित अधिकांस स्थानमा किशोर प्रधान प्यानलले विजयी हासिल गरेको छ । साँझ अबेर सकिएको जिल्ला-नगरको तर्फबाट केन्द्रीय सदस्यतर्फको मत परिणाम अनुसार ११ जना किशोर प्रधान प्यानलका र ७ जना चन्द्र ढकाल प्यानलबाट निर्वाचित भएका छन् ।

जिल्ला नगरबाट कार्यकारिणी सदस्यमा कुल १८ सदस्य पदका लागि ३८ जनाले उम्मेदवारी दिएका थिए ।

निर्वाचित हुनेमा राजन श्रेष्ठले ७९ मत, तारानाथ घिमिरेले ७२ मत, शोभाकान्त पौडेलले ७० मत, कमल कुमार श्रेष्ठले ७० मत, गजेन्द्र कुमार भगतले ६८ मत, चक्र बहादुर अधिकारीले ६७ मत, अरुणराज सुमार्गीले ६६ मत, देव कुमार श्रेष्ठले ६४ मत, रामेश्वर मानन्धरले ६३ मत, कमान बहादुर खड्काले ६२ मत तथा सुरकृष्ण वैद्यले ६१ मत प्राप्त गर्दै विजयी बनेका छन् ।

त्यसैगरि कुविर कुमार श्रेष्ठले ५८ मत, डिबी बस्नेतले ५८ मत, गोपाल केडियाले ५५ मत, महेन्द्र कुमार श्रेष्ठले ५४ मत, उमेश डालमियाले ५३ मत, किशोर कुमार आचार्यले ५२ मत र अमृत भट्टचनले ५१ मत प्राप्त गरेर जिल्ला नगरबाट महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।

जिल्ला नगरतर्फको पूरै १०५ भोट नै खसेको थियो । त्यसमध्ये ३ वटा बदर भएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ११ : ३७ बजे

नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

काभ्रेपलाञ्चोक । धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना

एकीकृत समाजवादीको कार्यालयमा समाजवादी मोर्चाको बैठक

काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा एसको

साहित्यकार क्षेत्रीको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

चर्चित बसाईं उपन्यासका लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको

चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध