१३ आश्विन २०८१, आइतबार | September 29, 2024

स्वचालित पेस्तोलसहित क्याम्पसका लेक्चरर पक्राउ



वीरगन्ज । वीरगन्ज महानगरपालिकाबाट गए राति प्रहरीले स्वचालित पेस्तोलसहित एक लेक्चररलाई पक्राउ गरेको छ ।

ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा दुर्गाटोलस्थित सिंहको घरमा छापा मारी खानतलासी गर्दा दराजको सेफ बक्समा लुकाइछिपाई राखिएको अवस्था पेस्तोल बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिए ।

खोजतलासका क्रममा प्रहरीले अलमारीबाट पेस्तोलमा प्रयोग हुने म्यागजिन एक थान, नपड्काइएको गोली चार थान र व्यक्तिलाई बेहोस पार्ने एनेस्थेतिक इथर एक बोतल बरामद भएको बताए ।

पक्राउ परेका शिक्षक सिंहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेकोे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ५५ बजे

बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता

काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना

टी-२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

काठमाडौं । टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

मुस्ताङमा बाढीबाट क्षति

म्याग्दी । दुई दिनदेखिको लगातारको झरीका कारण मुस्ताङमा क्षति पुगेको

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको