२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

कोरोना संक्रमित सशस्त्र प्रहरी इन्स्पेक्टर बुढाथोकीको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरीका एक जना इन्स्पेक्टरको मृत्यु भएको छ ।

कोरोना संक्रमण भएका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) नविन बुढाथोकीको सोमबार राति मृत्यु भएको हो ।

बुढाथोकीलाई गत महिना २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । तर भेन्टिलेटरमा राखेर उपचार गरेकै अवस्थामा सोमबार राति सवा ११ बजे उनको मृत्यु भएको हो ।

बुढाथोकी २०६८ सालबाट सशस्त्र प्रहरीमाको सेवामा प्रवेश गरेका थिए । तेह्रथुमको म्याग्लुङ नगरपालिका–१ घर भएका बुढाथोकीको हाल सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा उनको दरबन्दी थियो ।

बुढाथोकीसँगै सशस्त्र प्रहरीका ३ जना कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १२ : ०६ बजे

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको