२८ मंसिर २०८२, आइतबार | December 14, 2025

काठमाडौं बिश्वबिद्यालय बिरुद्ध बाँकेमा नाराबाजी



नेपालगन्ज । एमबीबीएस पुरा गरि १ वर्ष इन्टर्नसिप पुरा गर्दा समेत बिश्वबिद्यालयले एमबीबीएस पुरा गरेको प्रमाणपत्र नदिएको भन्दै काठमाडौं बिश्वबिद्यालय अन्तर्गतका बिद्यार्थीहरुले बिश्वबिद्यालयका बिरुद्ध बाँकेमा नाराबाजी गरेका छन् ।

बिश्व बिद्यालय अन्तर्गतका मेडिकल कलेजबाट एबीबीएस पुरा गरि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक वर्ष इन्टर्नसिप गरेका चिकित्सकहरुले बिश्वबिद्यालय बिरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले एमबीबीएसको कागजाज दिन बिश्वबिद्यालयले आनाकानी गरेको र सुरुमा १ वर्ष इन्टर्नसिपको सम्झौता गरेर पछि १ महिना थप गरेको आरोप लगाएका छन् ।

एमबीबीएस पूरा गरेपछि नेपाल मेडिकल काउन्सिलले निर्धारण गरेको एक वर्ष इन्टर्नसिप पुरा गर्दा पनि काठमाडौं विश्वविद्यालयले थप एक महिना इन्टर्नसिप गर्नुपर्ने निर्णय गरेपछि आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको आन्दोलनमा सहभागी एक चिकित्सकले बताए ।

हातमा कालो पट्टि बाँधेर मेडिकल कलेज कोहलपुरको प्राङ्गणमा भेला भएका एमबिबिएस पूरा गरेका डक्टरहरुले काठमाण्डौं विश्वविद्यालयले गरेको निर्णयका बिरुद्धमा नाराबाजी समेत गरेका थिए ।

 

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ५ : ५८ बजे

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%