१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

साहित्य सन्ध्यामा समसामयिक कविता वाचन



काठमाडौ । साहित्य सन्ध्याको नियमित मासिक ४१०औँ शृङ्खलामा आज समसायिक विषयका कविता र रचना वाचन गरिएका छन् ।

जुम प्रविधिबाट आयोजित कार्यक्रममा काठमाडौँबाट प्रा डा जीवेन्द्रदेव गिरी, कृष्ण सुवेदी, गोमा कटुवाल, रमेश पोखरेल, ज्ञानु विद्रोही, प्रा डा खेम दाहाल, अनिता लामा, महेशराज खरेल, जयन्ती स्पन्दन, सीताराम नेपाल तथा पुष्पमणि प्रधान नेपालगञ्ज, बालकृष्ण लामिछाने इलाम, हरि तिमिल्सिना, मीना बराल र लेकप्रसाद प्याकुरेल नेपालगञ्ज, विधान आचार्यलगायतले रचना वाचन गरेका थिए।

समाालोचक डा अमर गिरीले वाचित रचनामा मुलुकमा देखापरेका समकालीन समस्या बाह्य हस्तक्षेप, विसङ्गत परिवेश, साम्राज्यवादी–प्रभुत्ववादी उत्पीडन, नवऔपनिवेशिक उत्पीडन तथा राष्ट्रिय चेतनाका अभिव्यक्ति कवितामा समाहित भएर आएको टिप्पणी गरे ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयले इलामबाट धरान हुँदै दाङ, नेपालगञ्जसम्मका स्रष्टाको उत्साहपूर्ण सहभागिताले विषम स्थितिमा पनि साहित्यको प्रवाह रोकिँदैन भन्ने सन्देश मिलेको बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ८ : ५६ बजे

नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

काभ्रेपलाञ्चोक । धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना

एकीकृत समाजवादीको कार्यालयमा समाजवादी मोर्चाको बैठक

काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा एसको

साहित्यकार क्षेत्रीको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

चर्चित बसाईं उपन्यासका लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको

चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध