काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेता सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार गर्नेलाई तुरुन्त कारवाही गर्न माग गरेका छन् ।
खनालले विज्ञप्ती जारी गर्दै भनेका छन्, कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैह्र जिम्मेवारपुर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु ।
साथै कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न खनालले सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण गराएका छन् ।
चितवनको राप्ती नगरपालिकास्थित विरेन्द्रनगरमा अगुवा कार्यकर्ता भेला सम्बोधनका क्रममा स्थायी कमिटी सदस्य पाण्डेलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समर्थित कार्यकर्ताले पार्टी एकताबिरोधी भन्दै अभद्र व्यवहार गरेका थिए ।
यसअघि वरिष्ठ नेता माधवकुमार नेपाले पनि नेता सुरेन्द्र पाण्डेमाथि भएको आक्रमणको भ्रत्सर्ना गर्दै छानविनको माग गरेका थिए ।
प्रतिक्रिया