४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सिफारिस



काठमाडाैं । नेपाल क्रिकेट सङ्‍घ (क्यान) ले बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सिफारिस गरेको छ । क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई यही मंसिर १० गते देखि बन्द प्रशिक्षणमा बोलाएको हो ।

कोरोना भाइरसको महामारीमा बन्द प्रशिक्षण नौ महिना ढिला भएको हो । क्यान कार्यालयका सचिव उदय प्रकाश शाहले आज सूचना जारी गर्दै बन्द प्रशिक्षण सुरु हुनुअघि ती सबै खेलाडी तथा प्रशिक्षकको पीसीआर परीक्षण गरिने जानकारी दिए । क्यानले आवश्यक सबै सावधानी अपनाएर प्रशिक्षण गर्ने जनाएको छ ।

प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन ।

प्रशिक्षकमा जगत टमाटा रहेका छन । वसन्त रेग्मी झण्डै डेढ वर्षपछि प्रशिक्षणमा फर्किने भएको छ । नेपालले विश्वकप लिग क्रिकेट दुईअन्तर्गत सन् २०२१ मा पाँच सिरिज खेल्ने तालिका रहेको छ । त्यसैको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । रासस

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ६ : ५७ बजे

बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव

बागलुङ । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

देशभर मनसुनी वायुको प्रभाव कायम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल

अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस

काठमाडौँ । विश्वका विभिन्न देशमा अवस्थित नेपालका राजदूतावासमा संविधान दिवस