१२ आश्विन २०८१, शनिबार | September 28, 2024

कोभिड-१९ को प्रभाव : नेपाल सम्बत ११४१को बिशेष कार्यक्रम शुभकामना आदानप्रदानमा सिमित



बुटवल । कोभिड १९ को विषम परिस्थतीलाई मध्यनजर गर्दै यस वर्ष नेवार समुदायहरुले नेपाल सम्वतको शुभारम्भलाई शुभकामना आदानप्रदानमा सिमित बनाएका छन् ।

नेपालको एकमात्र मौलीक सम्वत नया वर्ष नेपाल सम्वत ११४१ लाई बुटवलका विभिन्न गुठिहरु जुटेर शुभकामना आदानप्रदान गरि मनाईएका हुन ।

बुटवलमा क्रियाशिल नेवाः गुठीहरुले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले ट्राफिक चोकमा रहेको राष्ट्रिय विभुति शंखधर साख्वाको मुर्तिमा माल्यापर्ण गरेर उदघाटन गरेका थिए ।

सो अवसरमा बोल्दै सुवेदीले शंखधर साँख्वा नेवार समुदायको मात्र नभई सम्पुर्ण नेपालीको विभुति भएको बताए ।

नेवा पुच नेवा विकास समितिका अध्यक्ष काजिमान श्रेष्ठले कोभिड १९ का कारण स्व बचावलाई मध्येनजर गरि सामान्य रुपमा कार्यक्रम गरिएको बताए । रोग डरलाग्दो भन्दा पनि यसको ब्यवस्थापन गारो विषय भएकोले सार्वजानिक कार्यक्रम रोक्नु परेको उनले बताए ।

नेवा समाज अर्घाखाची रुपन्देहीका अध्यक्ष बाबुराम श्रेष्ठ, नेवा सेवा समितिका सल्लाहकार रामेश्वर श्रेष्ठ, तामनगर नेवा पुचका अध्यक्ष दिपक श्रेष्ठ, भिमसेन नेवा समाजका अध्यक्ष लिला प्रसाद श्रेष्ठ, नेवा सेवा समिति कालिकानगरका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, कार्यक्रम संयोजक रबिन्द्र कक्षपतिले शंखधरसाख्वालाई नेवार समूदायकामात्र नबनाई सबैको साझा बनाउन सुझाव दिएका थिए ।

कार्यक्रममा तिलोत्तमा मैजु खलका संयोजनमा कुमारी तयार गरिएको थियो ।

नेवा समूदायले अघिल्ला वर्षहरुमा नेपाल सम्बतलाई मोटरसाईल ¥याली लगायत बिबिध सावैजानिक कार्यक्रम गरि मनाउने गर्दथे ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १२ : ५९ बजे

काभ्रेमा बाढीपहिरोले चारको मृत्यु, १० बेपत्ता

काभ्रेपलाञ्चोक । तीन दिनदेखिको अविरल वर्षाका कारण यहाँ विभिन्न स्थानमा

पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति

काठमाडौँ । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१

नारायणगढ-मुग्लिन-नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक

चितवन । स्थानीय प्रशासनले वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै

सिन्धुली-रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बाढीले बगायो

सिन्धुली । तीन दिन देखिको निरन्तर अविरल बर्षाले सुनकोसी नदीमा

काठमाडौं उपत्यकाबाट साढे सात सय जनाको सकुशल उद्दार गरियो- गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखक निरन्तरको बर्षाका कारण आएको बाढी,