४ मंसिर २०८१, मंगलबार | November 19, 2024

एजाज आलम भन्छन् राजीनामा फिर्ता भएको छैन – राजीनामा दिएका व्यवसायीलाई पार्टीको निर्देशन लागु हुँदैन



बुटवल । बुटवलबाट अन्यत्र राजधानी सार्ने प्रदेश सरकारको निर्णय विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट राजीनामा दिएका २ हजार बढी ब्यवसायीहरुले राजीनामा फिर्ता गरेको खबर सार्वजनिक भएको भोलिपल्ट राजीनामा दिने समूहका एक मुख्य व्यवसायी नेता एजाज आलमले राजीनामा फिर्ता नभएको बताएका छन् ।

खबरकुरासँग कुरा गर्दै आलमले पार्टीको उद्योग व्यवसाय विभागबाट राजीनामा फिर्ता गर्ने निर्देशन गरेपनि व्यवसायीहरुले फिर्ता नलिएको दाबी गरेका छन् ।

बुधबार बुटवलमा भएको भेलामा पार्टीको उद्योग व्यवसाय विभागबाट राजीनामा फिर्ता गर्न गरेको थियो । भेलामा विभागका प्रमुख गोपाल रानाले राजीनामा फिर्ता गरेर जिम्मेवारीमा फर्कन निर्देशन गरेका थिए ।

भेलामा उपस्थित लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरी र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री लिला गिरीले पनि राजीनामा दिएका व्यवसायीलाई काममा फर्कन आग्रह गरेका थिए ।

नेता आलमले व्यवसायीहरुले उठाएको मुद्दामा पार्टी जिम्मेवार बनेर प्रस्तुत नहुँदासम्म राजीनामा फिर्ता नगर्ने स्पष्ट पारे । नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका आलमले पार्टीले आफ्ना सदस्यहरुलाई निर्देशन गर्न मिलेपनि राजिनामा दिएकाहरुलाई निर्देशन दिन नमिल्ने स्पष्ट पारे ।

प्रदेश सरकारले बुटवलबाट राप्ती उपत्यकामा राजधानी सार्ने प्रस्ताव गरेपछि रुपन्देहीका २ हजार २ सय ४९ जना पार्टी आवद्ध उद्योगी व्यवसायीहरुले राजीनामाको घोषणा गरेका थिए ।

बुधबार मात्र राजधानी प्रकरणमा राजिनामा दिएका ब्यवसायीहरुले राजीनामा फिर्ता लिएको समाचार सार्वजानिक भएको थियो । पार्टीका उद्योग ब्यवसाय बिभाग प्रमुख गोपाल रानाले राजिनामा दिएका ब्यवसायीलाई राजीनामा फिर्ता गरेर जिम्मेवारी लिन निर्देशन गरेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ९ : ०८ बजे

त्रिशूली नदीमा ट्रक खस्यो, ३ जनाको उद्धार

चितवन । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० खयरघारीबाट एक ट्रक त्रिशूली

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज सि-चेकपश्चात् काठमाडौं आइपुग्यो

काठमाडौं । नेपाल वायुसेवा निगमको नाइन-यएलजेड जहाज सि-चेकपश्चात् सोमबार काठमाडौं

मालढुङ्गा-बेनी सडक दैनिक छ घण्टा बन्द

पर्वत । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले यही मङ्सिर १५ गतेदेखि

कर्मचारीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तालाबन्दी

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको