१२ आश्विन २०८१, शनिबार | September 28, 2024

बीमा भुक्तानीका लागि पीसीआरको नक्कली पोजिटीभ रिपोर्ट बनाएको आरोपमा अस्पतालका ३ जना कर्मचारी पक्राउ



नेपालगञ्ज । कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरुलाई पनि पीसिआर रिपोर्ट पोजेटिभ बनाउँदै बेच्दै गरेको आरोपमा नेपालगन्जको भेरी अस्पतालबाट तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार मध्यान्ह अस्पतालमा छापा मारेर नेगेटिभ पीसिआर रिर्पोटलाई पोजेटिभ बनाउन संलग्न रहेको आरोपमा अस्पतालका सुरक्षा गार्ड सहित २ जना कार्यालय सहयोगीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरक्षा गार्ड विवेक अधिकारी र कार्यालय सहयोगी बद्री खनाल र वासुदेव जोशी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पीसीआर परीक्षणका लागि गरिने सिफारिस पत्रमा किर्ते गरेको सुचनाका आधारमा उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नायव प्रहरी उपरिक्षक सुवास खड्काले जानकारी दिए ।

कोरोना बीमा भुक्तानीका लागि नगेटिभ रिपोर्टलाई कर्मचारीको मिलेमतोमा पोजेटिभ बनाउने गरिएको आशंका गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ११ : ०७ बजे

त्रिकोणात्मक टी-२० सिरिज : आज नेपाल र क्यानडा खेल्दै

काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज क्यानडाको

वर्षा नरोकिएपछि आन्तरिक उडान अझै बन्द

काठमाडौं । लगातारको वर्षापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान

काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता

काभ्रे । काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ

३१ वर्षपछि कुलेखानी ड्याम भरियो

काठमाडौं । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान

नारायणगढ-मुग्लिन सडकको ९ किलोमा सडक भाँसियो

चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भाँसिएको