धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रहरले प्रधानमन्त्री नभएको बताएका छन् ।
संखुवासभाको किमाथांका नाका, विओपी र जोगवनी खाँदबारी किमाथांका सडक र ९ सय ४ मेगावाटको अरुण तेश्रो आयोजनाको स्थलगत अनुगमन पछि बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले नै पदबाट राजीनामा दिने कुरा समेत नभएको स्पष्ट पारेका छन् ।
ओलीले सरकार र पाटीको नेतृत्व परिवर्तनको कुरा हल्लामात्रै भएको पनि उनले दाबी गरे ।
‘जनताले आवश्यकता देखेर देशको आवश्यकता बुझेर आफू प्रधानमन्त्री भएको हुँ’, ओलीले भने ‘५० बर्ष अघिदेखि टुटेफुटेको पाटी मिलाउदै अहिले यहाँसम्म पुगेका छौं । पार्टीभित्रको विवाद समाधान गरेर पाँच वर्ष चलाउँछु ।
‘बिहानै उठ्यो सरकार परिवर्तन, दिउँसो परिवर्तन’, जतिबेला पनि सरकार परिवर्तनको कुरा सुनेको बताउँदै ओलीले सरकार परिवर्तन हुने कुराको पछि नलाग्न सबैलाई आग्रह गरे ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले जोगवनी-खाँदबारी किमाथांका सडक सुरक्षित भएको पनि बताए ।
प्रधानमन्त्री ओलीले जनताले छानेर पठाएको प्रधानमन्त्री भएकाले देश विकासमा पछि नहट्ने बताए
ओलीले यो सडक निर्माण भए चीनसँगको व्यापार झनै बढ्ने बताए । यो सडक खण्ड अब तुरुन्तै निर्माण सकिने र चीनबाट सहज ढंगले व्यापार सुरु हुने पनि उनले बताए ।
नेपालका लागि अत्यन्तै महत्वपूर्ण बाटो जोगवनी किमाथांका भएको बताए ।
ओलीसँगै भौतिक योजना मन्त्री वसन्त नेम्बाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, संघीय सांसद राजेन्द्र गौतम लगायत प्रदेश सांसदहरु पनि सहभागी थिए ।
प्रतिक्रिया