२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

भारतले नेपाललाई दियो २८ वटा भेन्टिलेटर



काठमाडौं । भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरे । भेन्टिलेटर हस्तान्तरणपछि राजदूत क्वात्राले कोभिड महामारीको समयमा दुबै देशलाई एक अर्काको आवश्यकता रहेको बताए ।

भारत सरकार र भारतीय जनताले नेपाललाई गर्ने सहयोग सकारात्मक सहकार्यको भावना भएको उनले बताए । कोभिड संक्रणको सुर भएदेखि नै दुबै देशले एक अर्कोलाई सहयोग गर्दै आएको र भोलीका दिनमा पनि सहयोग जारी रहने उनले प्रतिवद्धता जनाए ।

त्यसअवसरमा स्वास्थ्यमन्त्री ढकालले आफु अफ्ठ्यारोमा भएपनि विगत देखि नै सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गरे । मन्त्री ढकालले सहयोग प्राप्त भेन्टिलेर उपयुक्त ठाउँमा पठाउने बताए ।

संक्रमण दर बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै ढकालले बढी सक्रिय संक्रमित र गम्भिर खालका विरामी भएको ठाउँमा भेन्टिलेटर पठाउने बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ४ : ५३ बजे

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको