२९ फाल्गुन २०८१, बिहिबार | March 14, 2025

कालीगण्डकी कोरिडोरमा पुरिएका पाँच जनाको मृत्यु, सबैको शव निकालियो



नवलपरासी । कालीगण्डकी कोरिडोर निर्माणको क्रममा बुलिङ्गटार गाउँपालिका वडा नं ३ सिंगुवाको घुम्तीमा सडक निर्माणको काम गरेका पाँच जनाको पहिरोमा पुरिएर ज्यान गएको छ ।

बुधबार अपरान्ह बुलिङ्गटार गाउँपालिका वडा नं ३ को खसुवाटार र सिगुंवाको बीचमा रहेको पहिरो पन्छाउने क्रममा पहिरोले पुरिएर बुलिङ्टार गाउँपालिका वडा नं ४ का एकै गाउँ र टोलका पाँच जनाले ज्यान गुमाएका बुलिगंटार गाउँपालिका अध्यक्ष शशी बस्ताकाेटीले बताए ।

बुलिङ्टार गाउँपालिका वडा नं ४ का बर्ष २८ का तुलबहादुर सारु मगर, बर्ष २० का गोपाल गरँजा मगर, बर्ष ४२ का सुनबहादुर पूलामी मगर, बर्ष २० का ताराबहादुर लुगेंली मगर र बर्ष २० का चेतबहादुर अस्लामी मगरको ज्यान गएको र उनीहरु सबै अर्खला ढुँग्रे गाउँका बासिन्दा रहेको गाउँपालिका अध्यक्ष  बस्ताकाेटीले बताए  ।

सदरमुकाम कावासोतीबाट झण्डै ४० किलोमिटर पहाडी उत्तरी क्षेत्रको बुलिगंटार गाउँपालिका वडा नं ३ मा भएको सो घटनामा थप दुई जनालाई भने उद्दार गरी गम्भीर अबस्थामा भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

घटनामा गम्भीर घाईते सोही गाउँका बर्ष २१ का कृष्णा लुगेंली मगर र बर्ष २० का केबल सिहं लुगेंली मगर रहेको प्रहरीले जनाएको छ ।  मृतकको शब भने केहीबेर अघि मात्र निकाल्न सफल भएको  बुलिङ्टार प्रहरी चौकीले जनाएको छ ।

बाटो निर्माणका क्रममा डोजरले माथि खन्दै गर्दा एक्कासि पहिरो झरे पछि काम गर्दै गरेका उनीहरुले पहिरोले पुरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ८ : ३१ बजे

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी

जामा मस्जिद प्रकरण : आर्थिक अनियमितताको आरोप लागेको तदर्थ समिति अदालतबाट ब्युँताइयो

नेपालगन्ज । करोडौंको अपचलनको आरोपमा प्रशासनले छानविन गरिरहेको नेपालगन्जको दारुल

फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व

काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं

उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको