११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

महामारी विरुद्धको अभियानमा सहकार्य गर्दै दुई लाख मास्क प्रदान



बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरिरहेको महामारी विरुद्धको अभियानमा विभिन्न क्षेत्रबाट सहयोग र सहकार्य भएको छ ।

अस्पताल निर्माण, आइसोलेशन सेन्टर निर्माण देखि स्वास्थ्य सुरक्षाका विभिन्न सामग्रीहरु सहयोग गर्दै महामारीविरुद्धको अभियानमा सहकार्य जारी छ ।
बुटवलमा कोरोना विशेष अस्पताल र मुलुकमै नमुना आइसोलेशन सेन्टर निर्माणदेखि महामारी विरुद्धका विभिन्न काममा निजी क्षेत्र एवम् सामाजिक संघ संस्थाले सहकार्य गरेका छन् ।

यसैक्रममा महामारी विरुद्धको बुटवल उपमहानगरपालिकाको अभियानमा चाईनिज मोनास्ट्री/किङ्ख वल्ड हेल्थ केयर र ज्याङ्कजी हेइङ फार्मासेटिकल कम्पन्नी प्रालि लिमिटेडको सहयोगमा आएको सर्जिकल मास्कलाई ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालले बुटबल उपमहानगरपालिकाका लागि हस्तान्तरण गरेको हो । ती दुईवटा चिनीया अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा आएको दुई लाख थान मेकिडल स्तरको गुणस्तरीय सर्जिकल माक्स बुटबल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीलाई हस्तान्तरण गरिएको छ ।

सहयोगी संस्थाको तर्फबाट ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालका सदस्य इन्जिनियर बिजेन्द्र सोमरेले बुधबार एक संक्षिप्त समारोहका बीच दुई लाख थान सर्जिकल माक्स बुटवलका लागि हस्तान्तरण गरिएको थियो ।

त्यसक्रममा प्रमुख सुवेदीले महामारी नियन्त्रणमा खटिनेहरुका लागि हौसला बढाउने गरि निजी क्षेत्र, सामाजिक संघ संस्था र दातृ निकायबाट सहयोग र सहकार्य भएको भन्दै सराहना व्यक्त गरे ।
उनले फ्रन्टलाइनमा खटिएकाहरुलाई पहिलो प्राथमिकतामा राख्दै उपमहानगरपालिकाले जारी राखेको अभिभावकीय काममा विभिन्न क्षेत्रबाट सहयोग र सहकार्य भएको स्मरण गरे ।

प्रमुख सुवेदीले बुटबल उपमहानगरापलिका र चीन सरकारसंगको भगिनी सम्बन्ध स्थापनाले आपसी सहयोग र सहकार्यले अझ उच्च प्राथमिकता पाएको भन्दै आगामी दिनमा पनि निरन्तरता जरुरी रहेको बताए ।
सो अवसरमा बुटबल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रसासकिय अधिकृत चक्रपाणि शर्मा, उपमहानगरका वरिष्ठ अधिकृतहरुलगायतको उपस्थिति रहेको थियो ।

नेपाल र चिनका बीचमा मैत्रीपूर्ण सम्बन्ध कायम गराउन र दुई देशका विभिन्न सहरहका बीचमा सम्बन्ध बढाएर आपसी सहयोग आदानप्रदानमा चिनमै बसेर लामो समयदेखि भूमिका खेल्दै आएका ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालका संस्थापक अध्यक्ष डा.राजिव झाले आपसी सहयोगका कार्यक्रम जारी रहने बताए ।

बुटवल उपमहानगरपालिका र चिनको सियान सिटीका बीचमा गत वर्ष सिस्टर रिलेसनशिप (भगिनी सम्बन्ध) कायम भएको थियो । चिनको उक्त सहर हालका राष्ट्रपति सीचिन पिङ तथा माओको जन्मस्थल समेत हो ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ६ : ०८ बजे

प्राइम बैंक बुटवलमा रक्तदान कार्यक्रम

बुटवल । बुटवल पाल्पा रोडमा रहेको प्राइम कमर्शियल बैंकमा रक्तदान

झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा

झापा । झापामा गए रातिदेखिको अविरल वर्षाले नदी तथा खोलामा

नारायणगढ-मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने

चितवन । अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी

कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

काठमाडौं । मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा

चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको शुरुवात

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा आज “चाड पर्व लक्षित दुर्घटना