१ बैशाख २०८२, सोमबार | April 15, 2025

सेयर बजारमा सामान्य सुधार



काठमाडौ । सेयर बजार आज सामान्य बिन्दुले बढेको छ । आइतबार र सोमबार ओरालो लागेको नेप्सेमा आज भने ५.४० बिन्दुले सुधार आई एक हजार ६४३.०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक आज १.१४ बिन्दुले उकालो लागेर ३२६।६० मा पुगेको छ । कूल १९८ कम्पनीको ७७ लाख ५७ हजार ३५३ कित्ता शेयर रु दुई अर्ब २३ करोड ७९ लाख ६४ हजार ५७२ मूल्यमा खरिद बिक्री भए ।

आज कारोवार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ २.१७ र विकास बैंक १६.२१ ले ओरालो लाग्दा व्यापार ५५.९२, होटल १.९६, जलविद्युत् ७.१४, वित्त ५.४, निर्जीवन बीमा १७६.८६, उत्पादन ५.९५, अन्य १४.८, लघुवित्त ६.८३, जीवन बीमा १४ र सामूहिक लगानी कोष ०.२७ बिन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड तीन लाख २१ हजार ५३२ बराबरको कारोवार भयो । यस्तै, एनआइसी एशिया बैंक रु आठ करोड ३४ लाख ४८ हजार ९६७, प्राइम बैंक रु आठ करोड चार लाख ४९ हजार, एचआइडिसीएल रु छ करोड ३७ लाख ८९२, शिवश्री हाइड्रोपावर रु पाँच करोड ९७ लाख ६९ हजार ८९४, डिप्रोक्स लघुवित्त रु पाँच करोड १० लाख २७ हजार २०० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज विशाल बजार कम्पनी ९।९६, सुमिट लघुवित्त ९.९२, पाँचथर पावर कम्पनी ९.७३, शिवश्री हाइड्रोपावर ९.४३ र राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले ७.८६ प्रतिशतले कमाए । त्यस्तै, महालक्ष्मी विकास बैंक २.५५, दिव्यश्वरी हाइड्रोपावर २.५२, युनियन हाइड्रोपावर २.४४, जोशी हाइड्रोपावर २।३४ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.३३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : ४६ बजे

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु