१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

कर्णाली प्रदेशमा कोरोनाको परीक्षण र उपचारको शुल्क नलाग्ने



सुर्खेत । अबिश्वासको प्रस्तावबाट उन्मुक्ति पाएको अर्को दिन कर्णाली प्रदेश सरकारले प्रदेशमा पुष्टि भएको लक्षण सहितको कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

कर्णाली सरकारको मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले प्रदेशमा लक्षण देखिएका सबै नागरिकको पीसीआर परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । संघीय सरकारले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरिरहेका बेला कर्णाली प्रदेश सरकारले पनि लक्षणसहितका सबै बिरामीको परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको हो ।

यस अघि लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशले लक्षण सहितको संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले आइतबार राति १२ बजेदेखि प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

प्रदेशस सरकार मन्त्रिपरिषदको निर्णय सार्वजानिक गर्न प्रदेश सरकारका प्रवक्ता विमला केसीले प्रकाशित गरेकी प्रेस नोटमा संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश व्यवस्थापिकाको अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको उल्लेख गरिएको छ । प्रवक्ता केसीद्वारा जारी प्रेस नोटमा मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित १६ निर्णय गरेको उल्लेख छ ।

मन्त्रिपरिषद्ले संघीय सरकारले हालै हस्तान्तरण गरेको वीरेन्द्रनगरस्थित महिला विकास प्रशिक्षण केन्द्रको जग्गा प्रदेश सरकारका नाममा भोगाधिकार प्राप्त गर्न स्वीकृति दिएको छ । साथै कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उडड्यन प्राधिकरणबीच सुर्खेत विमानस्थल विस्तारका सम्बन्धमा भएको समझदारीपत्र अनुमोदन गर्ने, साबिक घरेलु शिल्पकला भण्डारको पुरानो घर भत्काई सामग्री लिलाम गर्ने, प्रयोगशालासहितको प्राङ्गारिक कृषि विकास तथा अनुसन्धान केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गर्ने जस्ता निर्णय भएको मन्त्री केसीको प्रेस नोटमा उल्लेख छ ।

केसीका अनुसार भूमि समस्या समाधान आयोगमा मुसिकोट(५ रुकुम (पश्चिम) का बुद्धिप्रसाद शर्मालाई मनोनयन गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ८ : ०५ बजे

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा महोत्तरीको रेल्वे ट्रयाकमा कार्यरत सशस्त्रका सई पक्राउ

काठमाडौं । महोत्तरी लोहारपट्टी नगरपालिका-४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा

कोहलपुरमा जिपको ठक्करबाट वृद्धको मृत्यु, सुनवलबाट जिप सहित चालक पक्राउ

नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल

शंखमुलमा इनारमा खसेका व्यक्तिको सकुशल उद्धार

काठमाडौं । शुक्रबार बिहान शंखमुलमा इनारमा खसेका एक व्यक्तिको सकुशल

मानवसेवा आश्रमको महायज्ञबाट दुई करोड ७६ लाख सङ्कलन

सर्लाही । मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले सर्लाहीको हरिवन

अमेरिकी एयरलाइन्सको विमानमा आगलागी

काठमाडौं। अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयरलाइन्सको विमानको एउटा इन्जिनमा