९ आश्विन २०८१, बुधबार | September 25, 2024

आजको मौसम : पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्का वर्षाको सम्भावना



काठमाडौं । बंगालको खाडीमा बनेर भारतको तेलांगना माथी रहेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर भई पश्चिम हुँदै उत्तरपश्चिम दिशामा अरब सागर तिर सर्ने क्रममा रहेको छ ।

हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू-भागमा आंशिक बदली हुनेछ ।

त्यस्तै देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ६ : ४८ बजे

भेरी अस्पतालमा नयाँ मेसुको स्वागत

नेपालगन्ज । कुशल ब्यवस्थापनका लागि ख्याती कमाएका डा. प्रकाश थापालाई

साफ यू-१७ च्याम्पियनसिपमा आज नेपालको सामना भुटानसँग

काठमाडौं । साफ यू-१७ च्याम्पियनसिपमा नेपालले समूहको आफ्नो अन्तिम खेलमा

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ

मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता

वासिङटन डिसी ।। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी

प्रचण्डबारे फेरि बोले रविन्द्र – गणतन्त्रको नायक प्रचण्ड नै हुन्

काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रका