२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

भारतीय सेनाध्यक्ष नरवाणे नेपाल आउँदै, नेपाली सेनाले मानार्थ प्रधानसेनापतिको उपाधी दिने



काठमाडौं । भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे आगामी कार्तिक महिनामा नेपाल भ्रमण गर्ने भएका छन् ।

नरवाणेलाई भ्रमणका क्रममा नेपाली सेनाले मानार्थ प्रधानसेनापतिको उपाधी प्रदान गर्ने भएको छ ।

भारतले सीमा अतिक्रमण गरेको विरोधमा नेपालमा प्रदर्शन हुँदा अर्को कुनै देशबाट नेपालीहरु परिचालित भएको विवादास्पद टिप्पणी गरेका थिए ।

नेपाली सेनाले बुधबार विज्ञप्ति जारी गर्दै नरवाणेको नेपाल भ्रमण निश्चित भएको जनाउँदै उपाधी प्रदान गर्न लागिएको जनाएको छ ।

नेपाल र भारतका प्रधानसेनापतिलाई एक अर्को देशमा मानार्थ प्रधानसेनापतिको उपाधी प्रदान गर्ने प्रचलन रहिआएको छ ।

नयाँ प्रधानसेनापति भएलगत्तै दुवै मुलुकका सेनापतिले एक अर्को देशको पहिलो भ्रमण गरी मानार्थ उपाधी ग्रहण गर्नेगर्छन् ।

तर, नरवाणे भारतीय सेनाको सेनाध्यक्ष भएको लामो समयपछि मात्रै नेपाल आउन लागेका हुन् । नरवाणेको भ्रमणलाई भने नेपालको मन्त्रिपरिषद्ले २०७६ माघ २० गते नै स्वीकृति दिएको थियो ।

भारतले सीमा अतिक्रमण गरेपछि नेपालमा तिब्र विरोध भएपछि र नेपाल सरकारले अतिक्रमित नेपाली भूमिलाई समेटेर नयाँ नक्शा जारी गरेपछि नरवाणेले नेपाल विरुद्ध टिप्पणी गरेका थिए ।

यद्यपी, कोरोना महामारीका कारण नरवाणेको नेपाल भ्रमण रोकिएको दुवै मुलुकका अधिकारीहरुले बताउने गरेका छन् ।

चीनसँग सीमा विवाद हुँदा दर्जनौं पटक प्रत्यक्ष वार्ता गरेको भारतले नेपालसँग भने वार्ता नै नगरी अल्झाउने रणनीति लिइराखेको छ ।

नरवाणेको नेपाल भ्रमणलाई अब दुई मुलुकबीचको सम्बन्ध सुधारको संकेतका रुपमा समेत बुझ्न सकिन्छ ।

यसबीचमा भारतसँग सम्बन्ध पुनः सामान्य बनाउन नेपालले निकै मेहनत समेत गरेको छ ।

 

 

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ३ : ३१ बजे

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको