२९ फाल्गुन २०८१, बिहिबार | March 14, 2025

लुम्बिनी प्रदेशका सबै स्थानीयतहलाई कोरोना संक्रमणमा उछिन्दै बुटवल



बुटवल । लुम्बिनी प्रदेशका सबै पालिकाहरुलाई उछिन्दै बुटवलले कोरोना संक्रमण थप्ने कार्यमा अग्रता लिएको छ । बुटवल उपमहानगरपालिका भित्र मात्र मंगलबार सम्ममा कुल संक्रमितको संख्या १७४६ पुगेको छ । अन्य दिनहरुलाई पछि पार्दे मंगलबार ३ अंकमा बुटवलमा कोरोना संक्रमित थपिएका छन् । प्रदेशको अर्को ठुलो उपमहानगर नेपालगन्ज उपमहानगरमा सोमबार सम्ममा ११४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलबार बुटवल उपमहानगरमा ११५ जना कोरोना संक्रमित थपिएसँगै बुटवलको कुल संक्रमतिको संख्या १७४६ पुगेको हो । उपमहानगर भित्रमात्र बुटवलमा १४ जना कोरोना संक्रमितको ज्यान गएको छ भने ७९९ जना सक्रिय संक्रकितहरु अहिले पनि बिभिन्न आइसोलेसनमा बसेर कोरोना मुक्त हुने दिन पर्खिरहेका छन् ।

उपमहानगरको ११ नम्बर वार्डमा सबैभन्दा बढी ३५९ जनामा संक्रमण पुष्टि भएको छ भने ६ नम्बरमा १८६, वार्ड नम्बर ४ मा १३६, वार्ड नम्बर ३ मा १३२, वार्ड नम्बर ८ मा १२६, वार्ड नम्बर १३ मा १२० वार्ड नम्बर ९ मा १११ तथा वार्ड नम्बर ७ मा १०० जनामा कोरोना पुष्टि भएको छ । बसटवलको १८ नम्बर वार्ड अहिले पनि कोरोना मुक्त वार्ड बन्न सफल भएको छ । अन्य सबै वार्डहरुमा २ अंकमा कोरोना संक्रमित भेटिएका छन् ।

मंगलबार पनि बुटवलको वार्ड नम्बर ६ मा ५२ जना र ११ नम्बरमा २४ जना कोरोना संक्रमित थपिएको बुटवल उपमहानगरको स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिएका छन् । सिंहका अनुसार मंगलबार ८ मा ६, ७ मा ७, ९ मा ५, १२ मा ३ जना संक्रमित थपिएका छन् । त्यसैगरि ३,४,५,१०,१३ र १५ नम्बर वार्डमा २।२ जना कोरोना संक्रमित थपिएका छन् भने १६ नम्बरमा १ जना र वार्ड नखुलेको ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ९ : ११ बजे

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी

जामा मस्जिद प्रकरण : आर्थिक अनियमितताको आरोप लागेको तदर्थ समिति अदालतबाट ब्युँताइयो

नेपालगन्ज । करोडौंको अपचलनको आरोपमा प्रशासनले छानविन गरिरहेको नेपालगन्जको दारुल

फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व

काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं

उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको