१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

कोरोना सङ्क्रमितलाई सघाउँदै स्थानीय तह



काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहले कोरोना भाइरस (कोभिड-१९)का सङ्क्रमितलाई उच्च निगरानी गर्न थालेका छन् । नगरपालिकाभित्र दैनिक कोरोना सङ्क्रमित बढेपछि नगरपालिका आफैंले सङ्क्रमितको उच्च निगरानी गर्न थालेका हुन् ।

कतिपय नगरपालिकाले सङ्क्रमितलाई निःशुल्क आहार वितरण गर्नेदेखि नियमित टेलिफोन गर्ने, सङ्क्रमितको उपचारको व्यवस्था गर्ने लगायतका काम गर्दै आएका छन् ।

आफू र परिवारका सबै सदस्यलाई स्वास्थ्य मापदण्ड पालना गर्न लगाउने, होम आइसोलेसनमा बस्न सम्भव भएका सबैलाई होम आइसोलेसनमा राख्ने र सम्भव नभएकालाई संस्थागत आइसोलनमा राख्ने काम उपत्यकाका नगरपालिकाले गर्दै आएका छन् । सङ्क्रमितलाई नियमित सान्त्वना र हौसला बढाउने काम उपत्यका नगरपालिकाले गर्दै आएको सम्बद्ध नगरपालिकाले जनाएका छन् ।

सङ्क्रमितलाई हौसला

नागार्जुन नगरले कोरोना सङ्क्रमितलाई नियमित टेलिफोन सम्पर्क गरी हौसला बढाउने काम गर्दै आएको छ । नगरका स्वास्थ्य शाखाका कर्मचारीले स्वस्थ आहार खान सल्लाह दिने, स्वास्थ्य मापदण्ड पालना गर्न लगाउने, सङ्क्रमितलाई स्वास्थ्यमा समस्या भए अस्पतालसम्म लैजाने व्यवस्था गरिएको नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए। “सङ्क्रमितको नियमित सम्पर्कमा छौंँ, गाह्रोसारो प¥यो भने सङ्क्रमितलाई अस्पतालसम्म लैजाने व्यवस्था गरेका छौंँ,” उनले भने, “जनप्रतिनिधि र स्वास्थ्यकर्मीबाट कोरोनाका सङ्क्रमितलाई हौसला प्रदान गर्दै आएका छौँ ।”

पोषिलो आहार

तारकेश्वर नगरले होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितलाई पोषिलो आहारका लागि नगद पाँच हजार रुपियाँसहित स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ । होम आइसोलेसनमा बसेकाको घरघरमा पुगी हौसला प्रदान गर्ने र सङ्क्रमितलाई पोषिलो आहारका लागि नगद पाँच हजार रुपियाँ प्रदान गर्दै आएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले करिब दुई करोड रुपियाँको कोभिड कोष खडा गरेको र उक्त कोषबाटै सङ्क्रमितलाई आहार स्वरूप नगद र आवश्यक सामग्री प्रदान गर्दै आएको नगर उप्रप्रमुख भवानी डोटेल (धिलाल)ले जानकारी दिइन्। “कोरोना सङ्क्रमितलाई सान्त्वना दिन सो रकम उपलब्ध गराएका हौंँ,” उनले भनिन्, “सहयोगसँगै सङ्क्रमितलाई नगरपालिकाका स्वास्थ्यकर्मीले निगरानी गर्ने गरेका छन् ।”

खुराक स्वरूप दैनिक ३५० रुपियाँ

टोखा नगरले कोरोना सङ्क्रमितलाई दैनिक ३५० रुपियाँका दरले १४ दिनको आहार खर्च उपलब्ध गराउँदै आएको छ । कोरोना सङ्क्रमितको स्वास्थ्यलाई ख्याल गरी दैनिक ३५० रुपियाँका दरले नगरपालिकाले आहार खर्च प्रदान गर्ने गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आहार खर्च स्वरूप आइसोलेसन सेन्टरमा पारिवारिक वातावरणसँगै खेलकुदका सामग्री, टीभी, व्यायाम र इन्टरनेटको व्यवस्था गरेको छ ।

सङ्क्रमितले नागरिकता र परिचय खुल्ने कागज पेस गरेलगत्तै ३५० रुपियाँका दरले १४ दिनको आहार खर्च दिने गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले जानकारी दिए। कोरोना रोकथाममा स्थानीय तहको सक्रियताले नगरवासीले सरकार भएको महसुस गरेका छन्, उनले भने, “राहत वितरणदेखि आइसोलेनसनको व्यवस्थापन गर्नेसम्म स्थानीय सरकारको भूमिका प्रभावकारी छ ।”

जनप्रतिनिधि र कर्मचारी घरघरमा

बूूढानीलकण्ठ नगरले आइसोलेसनमा बसेका सङ्क्रमित निको भएलगत्तै जनप्रतिनिधि र कर्मचारीले सङ्क्रमितको घरैमा पुगेर छ हजार रुपियाँ नगद उपलब्ध गराउने गरेको छ । एउटै परिवारमा एक जना सङ्क्रमित हुँदा चार हजार र त्योभन्दा बढी भएमा छ हजार रुपियाँ आहार स्वरूप उपलब्ध गराउँदै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ सापकोटाले बताए ।

नगरपालिकाले प्रदान गर्ने आहार स्वरूपको आर्थिक सहयोग रोजगार र आम्दानी नभएका नागरिकलाई उच्च प्राथमिकतामा राखिएको र आफ्नै आम्दानीको स्रोत हुनेलाई भने नगरपालिकाले प्रदान गर्ने खुराकका लागि दिइएको रकम नलिन आग्रह गरेको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ७ : २९ बजे

नेविसङ्घले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ‘स्मार्ट शिक्षा नीति’

डा. युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप

काठमाडौं । ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का संस्थापक डा.

HIV doctors urge US to reverse ‘catastrophic’ funding cuts

PARIS: Hundreds of HIV doctors and researchers have called on

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा एक पक्राउ

पर्वत । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक

फूल मेलामा रमाइरहेका ‘फूलप्रेमी’

काठमाडौँ । भृकुटीमण्डप प्रवेश गर्नेबित्तिकै फूलैफूलको द्वार देख्न सकिन्छ ।