२९ फाल्गुन २०८१, बिहिबार | March 14, 2025

कर्मचारी कोरोना संक्रमित भएपछि वाणिज्य विभागका अधिकांश सेवा स्थगित



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै विभागअन्तर्गत हुने केही काम स्थगन गरिएको छ ।

विभागमा कार्यरत कर्मचारीमा शुक्रबार सङ्क्रमण भएपछि कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राख्दै प्राइभेट तथा साझेदारी फर्म दर्ता, एजेन्सी, कम्पनीका नयाँ दर्ता, ठाउँसारी, पूँजी वृद्धि, खारेजी, उद्देश्य परिवर्तनसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरेको हो ।

अर्को सूचना नभएसम्मका लागि आजदेखि उक्त कार्य स्थगन भएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार उक्त सेवाका लागि यही असोज २३ गतेसम्म निवेदन पेश भएका सम्पूर्ण कार्य स्वास्थ्य सुरक्षा अपनाउँदै फछ्र्योट गरिनेछ ।

यसैगरी विभागले मङ्सिर ७ गतेसम्म म्याद समाप्त हुने फर्मको नवीकरण बाहेकका कामका लागि अनलाइनबाट आवेदन गर्ने व्यवस्थासमेत स्थगन गरेको छ ।

विभागको व्यापार प्रशासन सम्बद्ध तथा बजार अनुगमन शाखाका कर्मचारीमा कोरोना सङ्क्रमण भएसँगै अधिकांश सेवा स्थगन गरिएको हो ।

विभागका धेरै कर्मचारीको सरुवा भएको तथा नयाँ आउने कर्मचारी आइनपुग्दा सेवा प्रवाहमा समस्या भएको विभागका अधिकारी बताउँछन् ।

बजार अनुगमनका कर्मचारी पर्याप्त मात्रामा नहुँदा दैनिक चार समूहबाट अनुगमन गर्दै आएको जनाइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ३ : ५० बजे

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी

जामा मस्जिद प्रकरण : आर्थिक अनियमितताको आरोप लागेको तदर्थ समिति अदालतबाट ब्युँताइयो

नेपालगन्ज । करोडौंको अपचलनको आरोपमा प्रशासनले छानविन गरिरहेको नेपालगन्जको दारुल

फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व

काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं

उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको