२९ फाल्गुन २०८१, बिहिबार | March 14, 2025

खुकुरी प्रहार गरी श्रीमतीको हत्या



झापा । कमल गाउँपालिका-२ त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापाले आज साँझ श्रीमतीको हत्या गरेका छन् ।

उनले घरायसी विवाद हुँदा २४ वर्षीया श्रीमती रीता थापाको घाटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाबारे थाहा पाउने वित्तिकै घटनास्थल पुगेको तोपगाछी प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई घटनास्थलबाटै पक्राउ गरेको हो ।

प्रहरीले अभियुक्त रामजीलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

प्रहरीले उनले श्रीमतीको हत्यामा प्रयोग गरेको खुकरी समेत नियन्त्रणमा लिएको जनाएको छ । रासस

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ६ : ३४ बजे

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी

जामा मस्जिद प्रकरण : आर्थिक अनियमितताको आरोप लागेको तदर्थ समिति अदालतबाट ब्युँताइयो

नेपालगन्ज । करोडौंको अपचलनको आरोपमा प्रशासनले छानविन गरिरहेको नेपालगन्जको दारुल

फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व

काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं

उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको