२८ मंसिर २०८२, आइतबार | December 14, 2025

‘जीवनोपयोगी शिक्षा र सामाजिक अध्ययन’ कसरी पढाउने ?



काठमाडौं । सरकारले यसै शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा अनिवार्य विषयका रुपमा सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा समावेश गरेपछि विषयगत शिक्षकहरु शिक्षणको तयारीमा लागेका छन् ।

विषयगत शिक्षकले माथिल्लो कक्षासम्म पहिलो पटक उक्त विषय समावेश भएपछि आफूहरुलाई सरकारले प्रवोधीकरण छिटो गराउनुपर्ने आवाज उठाउँदै आफ्नो तहबाट पनि बहश र प्रशिक्षणमा जुटेका छन् ।

सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कसरी पढाउने ? विषयक शिक्षा पत्रकार समाज र सामाजिक अध्ययन शिक्षक समाजले शनिबार आयोजना गरेको भर्चुअल बहसमा शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले ‘सामाजिक अध्ययन र जीवनोपयोगी’ शिक्षा कसरी पढाउने ?’ शीर्षकमा आफ्नो प्रवचन दिए ।

डा कोइरालाले सामाजिक अध्ययन, समाज विज्ञान र जीवनोपयोगी सीप जोडिएर यो विषय तयार भएकाले विद्यार्थीको जिज्ञाशालाई मिल्ले खालका प्रश्नलाई समूहकृत गरी उत्तर दिने कोशिश गरेर खाने लाउने चलन तथा घर परिवार र विद्यालय आसपासकै विषयमा अनुसन्धानात्मक ढङ्गले सिकाउन सकिने बताए ।

उनले स्थानीय जातजातिको अध्ययन र परिवेशबारे बुझाएर र अध्ययन गराएर उक्त तहमा सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा दिन सकिने जनाए । आफ्नो परिवार र छिमेकीको अन्तरसम्बन्ध के हो ? गरिबीको चक्र कसरी घुम्छ ? कसका बाबु आमाका कस्ता दर्शन र सांस्कृतिक परम्परता छन् ? जस्ता विषयमा विद्यार्थीलाई अन्तरक्रिया गराउन सुझाव दिए ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक रेणुका पाण्डेले सिकेका कुरालाई जीवनमा अपनाउन सहयोगी गराउन कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन र जीवनोपयोगी’ शिक्षा समावेश गरिएको बताउँदै सरकारले गरेको निर्णय लागू हुँदैन भन्ने आशङ्का नराख्न आग्रह गरे ।

उनले दशै अगाडि पाठ्यक्रमको मुद्रणीय प्रति तयार हुने र त्यसपछि शिक्षकलाई प्रवोधीकरण गरिने जानकारी दिए । शिक्षक समाजका अध्यक्ष डिल्ली शर्माले सामाजिक अध्ययनले विद्यार्थीलाई अशल नागरिक बनाउन प्रेरणा दिने बताए ।

सामाजिक अध्ययनका पाठ्यपुस्तक लेखक गोविन्द भण्डारीले सामाजिक अध्ययन संविधान, सङ्घीयता र समावेशीताका सन्दर्भमा समय सान्दिर्भिक भएकाले यसको कार्यान्वयन हुनु सकारात्म पक्ष हो भने । रासस

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ६ : २५ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%