२८ मंसिर २०८२, आइतबार | December 14, 2025

प्राज्ञिक क्षमता माथि पक्षपात गर्दिन : उपकुलपति अर्याल



पोखरा । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले प्राज्ञिक क्षमता माथि पक्षपात नगरी अघि बढ्ने बताएका छन् ।

प्रजातान्त्रिक प्राध्यापक संघ पोखरा विश्वविद्यालयद्वारा मंगलबार यहाँ आयोजित स्वागत कार्यक्रममा उनले विश्वविद्यालयमा चुनौती र सम्भावना दुबै देखेको बताउँदै चुनौतीको सामना गर्दै सम्भावनालाई यथार्थमा परिणत गर्न पूर्व पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थी सबैबाट रचनात्मक सहयोगको अपेक्षा राखेको उल्लेख गरे ।

आफ्नो जीवनको अनुभव पोखरा विश्वविद्यालयको उन्नयनमा खन्याउन आँफू आतुर रहेको बताउँदै उनले विश्वविद्यालयको दीर्घकालीन र अल्पकालीन नीति बनाएर अघि बढ्ने जानकारी दिए ।

विश्वविद्यालयका अधुरा काम सम्पन्न गर्दै यसको विकास गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको र सो जिम्मेवारी पुरा गर्न दृढ सङ्कल्पित भएको उनले बताए ।

एक्लो व्यक्तिले केही गर्न नसक्ने हुनाले सबैको सहयोग प्राप्त गर्ने अपेक्षा व्यक्त गर्दै उपकुलपति अर्यालले आगामी चार वर्ष पोखरा विश्वविद्यालय बाहेक अन्य कतै आफ्नो ध्यान नलगाउने प्रतिवद्धता व्यक्त गरे ।

पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन डा हरिबहादुर खड्काले लामो समय पदाधिकारी रिक्त भएकाले विश्वविद्यालय ठूलो समस्यामा फस्दै गएकाले ती समस्या समाधान गर्न सबैले दोब्बर समय दिएर काम गर्नुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा विष्णुराज तिवारीले विश्वविद्यालयमा देखिएका समस्यालाई प्राज्ञिक हिसाबले समाधानका लागि अघि बढ्न उपकुलपति अर्याललाई सल्लाह दिए ।

कार्यक्रममा विश्वविद्यालयका कार्यकारी परिषद्का प्रा डा अजय थापा, प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति सञ्जीव थापा लगायतले विश्वविद्यालयमा विद्यमान समस्याको समाधानका लागि उपकुलपतिलाई सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । रासस

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ७ : १९ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर