बुटवल । नेपाली कांग्रेस रूपन्देहीले प्रदेश राजधानीको सरकारी प्रस्ताव विरूद्ध भोलि रूपन्देही बन्दको आह्वान गरेको छ ।
प्रदेश ५ को स्थायी राजधानी दाङ र अर्घाखाँचीको सीमाना भालुवाङ राख्ने प्रस्ताव विरूद्ध रुपन्देही कांग्रेसले आन्दोलन घोषणा गरेको हो।
शनिबार बसेको काँग्रेस बैठकले आन्दोलनको विकल्प नभएको निस्कर्ष निकालेको छ ।
बन्दको अघिल्लो दिन बुटवल उपमहानगरका सबै वडामा मशाल जुलुस निकाल्ने पनि काँग्रेसले योजना बनाएको छ । काँग्रेसले १९ गते सोमबार ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय गरेको छ ।
१९ गते राजधानी प्रस्तावसम्बन्धमा प्रदेशसभमा छलफल हुँदैछ । प्रदेशसभा अगाडि धर्ना दिएर सांसदहरुलाई प्रदेश सभा वैठकमा जानै नदिने रणनीति काँग्रेसले बनाएको छ ।
काँग्रेसले नेकपाका साँसदहरूको घर अगाडि कालो झण्डा प्रदर्शन समेत गर्ने भएको छ ।
कांग्रेस बैठकले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै सबै उद्योगी व्यवसायी लगायत सबै पक्षसँग छलफल समेत अघि बढाएको छ ।
प्रदेश सरकारले शुक्रबार दाङमा स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको थियो । प्रस्तावको पक्षमा दाङ काँग्रेसले भने समर्थन गरेको छ ।
प्रतिक्रिया