२३ कार्तिक २०८१, शुक्रबार | November 8, 2024

समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे किसानको रकम



गुल्मी । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको हाते ट्रयाक्टरका सप्लायर्सको जिम्मेवारी पाएका ठेकेदारले किसानसँग लिएको कमिशन रकम फिर्ता गरेका छन् ।

‘अनुदानको ट्र्याक्टरमा किसानबाट रकम उठाइँदै’ शीर्षकमा बुधबार समाचार प्रकाशन भएपछि ठेकेदारले रकम फिर्ता गरेका हुन् ।

रुरुक्षेत्र गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को कार्यक्रमानुसार गाउँपालिकाका ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको थियो ।

 

यो पनि पढौं : ठगिए किसान; अनुदानको ट्र्याक्टरमा किसानबाट रकम उठाउँदै

सप्लायर्स कम्पनी गिरिधारी कृषि मेशिनरी सप्लायर्सका सञ्चालक गिरिधारी चौधरीले प्रतिकिसान रु एक हजार पाँच सयका दरले कुल ५१ हजार गैरकानूनी ढङ्गबाट उठाएका थिए ।

त्यसरी उठाइएको रकमको कुनै रसिदसमेत नदिँदा स्थानीयवासीले कमिशनको आशङ्का गरी न्यायका लागि सञ्चारमाध्यमको सहयोग लिएका थिए ।

त्यसलगत्तै ठेकेदारले गाउँपालिकाको आन्तरिक राजस्व खातामा आफूले लिएको सबै रकम जम्मा गरिदिएको गाउँपालिकाका सूचना अधिकारी ईश्वरी न्यौपानेले जानकारी दिए ।

गाउँपालिकाको खातामा जम्मा भएको रकम कार्यपालिका बैठक बसेर निर्णय गरी आइतबारसम्म सबै किसानलाई फिर्ता गरिने गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले जानकारी दिए । -रासस

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ३ : १७ बजे

पाथीभरा केवलकार शिलन्यासको क्रममा झडप, तीन जना घाइते

काठमाडौँ । ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण गर्ने र गर्न नदिने

ईयूको ‘एक दिने राजदुत’ बनेकी रञ्जिताले भनिन, ‘लैङ्गिक समानता र सामाजिक परिवर्तनका लागि शिक्षा महत्वपूर्ण’

काठमाडौं । नेपालका लागि युरोपियन युनियनको प्रतिनिधिमण्डलका राजदूतको रुपमा एक

रुपन्देहीको मुझानाबाट ११२ बोरा चिनी बरामद

रुपन्देही । रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ मुझानाबाट सशस्त्र प्रहरी

पर्वत जोगाउन पैरवी

काठमाडौं । बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् यी हातले सधैँसधैँ

पर्यटकीय गन्तव्यस्थल बन्दै गुल्मीको रेसुङ्गा

गुल्मी । गुल्मीको क्षेत्र रेसुङ्गा क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल