३ आश्विन २०८१, बिहिबार | September 19, 2024

खेलकुदको संरचना तथा कर्मचारी दरबन्दी सिफारिस समितिले बुझायो प्रतिवेदन



काठमाडौं । तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकको संयोजकत्वमा गठित खेलकुदको संरचना तथा कर्मचारी दरबन्दी सिफारिस समितिले बुधबार प्रतिवेदन बुझाएको छ । गत जेठ १४ गतेको निर्णयानुसार गठित समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो ।

खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक– २०७५ को आधारमा राखेपको संरचनालाई वर्तमान समय सापेक्ष उचित र आवश्यकता अनुसार केन्द्रदेखि प्रदेश र स्थानिय तहसम्म खेलकुदको संरचनाको प्रस्तावित खाका तयार गरी सुझावसहितको प्रतिवेदन बुझाउन संयोजक विकको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको थियो । समितिका सदस्यहरुमा राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहाल, सचिवालय प्रशासकीय अधिकृत इन्द्रबहादुर कार्की, प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई, कानून शाखाका प्रमुख नारायणराज आर्याल तथा राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा र महासचिव फणिन्द्रप्रसाद पौडेल रहेका थिए ।

समितिलाई ४ बुँदे टीओआरको परिधिभित्र रहि प्रतिवेदन तयार गर्न भनिएको थियो । जस अनुसार समितिले खेलकुदको संरचना (संघ, प्रदेश र स्थानिय तह) को प्रस्तावित ढाँचा तयार गर्ने, प्रस्तावित ढाँचा बमोजिम कर्मचारी रहने दरबन्दीको प्रस्ताव तयार गर्ने, बढुवा र स्थायी पदपूर्ति सम्बन्धी प्रस्तावित कार्यनिर्देश तयार गर्ने तथा जारी हुने नयाँ ऐन बमोजिम खेलकुद विकास नियम र कर्मचारी सेवा शर्त सम्बन्धी नियमावलीको प्रस्तावित खाका तयार गर्नु पर्ने भनिएको थियो ।

अन्तिमको बुँदा बाहेक सबैको खाका तयारी गरी प्रतिवेदनमा समावेश गरिएको बताउदै सदस्य अर्यालले त्यो बुँदामा पनि काम भइरहेको जानकारी गराए ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ९ : २१ बजे

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको