२८ मंसिर २०८२, आइतबार | December 14, 2025

पहिलो पटक खुल्ला प्रतिस्पर्धाका आधारमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा.नारायण पौडेल नियुक्त



नेपालगन्ज । बिश्व बिद्यालयहरुमा भागवण्डाका आधारमा राजनितिक नियुक्ति गर्ने परिपाटीको अन्त्य गर्दै मध्यपश्चिम विश्वविद्यालयमा प्रतिस्पर्धाका आधारमा रजिष्ट्रार नियुक्त गरिएको छ ।

खुल्ला प्रतिस्पर्धाबाट छनौट हुँदै विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. नारायणप्रसाद पौडेल नियुक्त भएका छन् । गत असार २२ गते आह्वान गरेको दरखास्तमा प्रतिस्पर्धिहरुलाई उछिन्दै डा. पौडेल रजिष्ट्रारमा नियुक्त भएका हुन् ।

रजिष्ट्रारका लागि १९ जनाको आवेदन परेको थियो । काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्मा नेतृत्वको तीन सदस्यीय छनोट समितिले आवेदकहरुको आवश्यक मापदण्डका आधारमा डा पौडेललाई छनोट गरि नियुक्तिका लागि सिफरिस गरेको थियो ।

उन्नाइस जनाबीचको प्रतिस्पर्धामा समितिले छनोट गरेका सह प्रा.डा. पौडेललाई रजिष्ट्रार नियुक्तिकालागि मध्यपश्चिम विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस गरिएकोमा कुलपतिका हैसियतले प्रधानमन्त्रीले नियुक्ति स्वीकृत गरेको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए ।

उपकुलपति प्रा.डा. सिंहले यसअघि राजनीतिक शक्तिका आधारमा विश्वविद्यालयमा रजिष्ट्रार नियुक्ति गरिने प्रणाली पूर्णरूपले तोडिएको जिकिर गर्दै प्रतिस्पर्धाको सुरुवात मध्य पश्चिम बिश्वबिद्यालयबाट भएकोमा खुसी ब्यक्त गरे ।

यसैगरी विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय र शिक्षाशास्त्र सङ्काय गरी रिक्त चारवटा डिन पदको खुला प्रतिस्पर्धामा भाग लिन दरखास्त आह्वान गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : ०९ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई