६ आश्विन २०८१, आइतबार | September 23, 2024

कात्तिकदेखि दुई वटा सहकारीमा सदस्य बन्न नपाइने



काठमाडौं । आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ ।

सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो ।

सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ । सो ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहे तीन वर्षभित्र एक संस्थाको मात्रै सदस्यता कायम गर्न व्यवस्था गरिएको छ ।

सहकारी विभागले जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ मिति २०७४ कात्तिक १ गतेदेखि जारी भएकाले यही असोज मसान्तमा तीन वर्ष पूरा हुने हुँदा पुराना सदस्यहरु पनि दोहोरो सदस्य बस्न नपाएने भएका हुन् । विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले आफूले छनोट गरेको कुनै एक मात्रै सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्थाको सदस्यता अन्त्य गर्न सूचना जारी गरिएको जानकारी दिए ।

विभागले सबै सहकारीलाई दोहोरो सदस्यता भए सम्बन्धित शेयर सदस्यलाई जानकारी गराएर एउटा सहकारी चयन गर्न आवश्यक प्रक्रिया मिलाउन निर्देशनसमेत गरेको छ । पाण्डेले हाल देशभरका सहकारी सदस्यको विवरण सफ्टवेयरमार्फत अद्यावधिक भइरहेको जानकारी दिए । यो कार्य पूरा भएसँगै सबै सदस्यलाई स्वघोषणा गर्न लगाउने उनले बताए ।

सहकारीको निर्देशन अटेर गरेमा सहकारी कानून परिपालन नगर्दा हुने कानूनी सजाय गरिने उनको भनाइ छ । यस अन्तरगत रु दुई लाखसम्म जरिवाना हुने व्यवस्था रहेको छ । शहरी क्षेत्रका अधिकांश व्यक्तिहरु एउटै प्रकृतिका धेरै सहकारीमा सदस्य रहेका छन् ।

हाल सहकारीका सदस्यको सङ्ख्या ६५ लाखभन्दा बढी भएको पाण्डेले जानकारी दिए । विवरण अद्यावधिक भएपछि कति व्यक्ति दोहोरो सदस्य छन् भन्ने यकिन हुने उनको भनाइ छ । रासस

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  १० : ०९ बजे

प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी

वासिङटन, डिसी । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा

क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै, यस्तो छ नेपालको प्लेइङ- ११

काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै

रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीबाट प्रहरीलाई अनुमति

काठमाडौँ । प्रहरीले सहकारीको रकम अपचलनमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेलाई

सहकारी ठगी कसुरमा पक्राउ छविलाल जोशीलाई प्रहरीले पोखरा पुर्‍यायो

गण्डकी । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न