२३ कार्तिक २०८१, शुक्रबार | November 8, 2024

पहिरोको उच्च जोखिममा स्वास्थ्य चौकी



बागलुङ । बागलुङ नगरपालिका-८ सिगानाको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ । निरन्तरको वर्षाले स्वास्थ्य चौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्य चौकीको भवन समेत चर्किएको छ ।

दुई वर्षपहिला निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवन पहिरोको कारण उच्च जोखिममा रहेको स्वास्थ्य चौकी इन्चार्ज विष्णुप्रसाद शर्माले जानकारी दिए । पहरोको उच्च जोखिममा रहेर भवनसमेत चर्केको अवस्थामा उपचार सेवाका लागि समेत समस्या भएको छ ।

बागलुङ नगरपालिकादेखि लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीदेखि पहिरो गएका कारण स्वास्थ्य चौकी पूर्ण खतरामा रहेको शर्माको भनाइ छ । “स्वास्थ्य चौकीको खानेपानी ट्याङ्की भासिएको छ, भवनको केही भाग चर्किएको छ”, शर्माले भने, “पहिरो निरन्तर गइरहेको र भिरालो जमिनमाथि स्वास्थ्य चौकी भवन भएका कारण ठूलो क्षति हुनसक्ने अनुमान छ ।” तत्कालै सम्बन्धित निकायको ध्यान नजाने हो भने स्वास्थ्य चौकीनै विस्थापिन हुने खतरा छ । स्वास्थ्य चौकीको अग्रभागमा रहेको ढलान छिया-छिया भएर चर्किएको छ ।

झण्डै रु एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको उक्त भवन वातावरणीय मूल्याङ्कनबिनै निर्माण गर्दा समस्या भएको वडाध्यक्ष राजन जिसीले जानकारी दिए । तत्कालै पहिरो रोकथामका लागि ठूलो बजेट विनियोजन गर्न आवश्यक रहेको भन्दै जिसीले आवश्यक समन्वय भइरहेको बताए ।

झण्डै २०० मिटर लामो पहिरोका कारण लामाचौर जाने सडकमा समेत असर पुर्याएको छ । पहिरोले स्वास्थ्य चौकीमुनिका तीन घरसमेत जोखिममा परेका छन् । रासस

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ८ : १० बजे

धनगढीको इन्धन डिपोबाट स्थानीय त्रसित, स्थानान्तरणको माग

धनगढी । धनगढी उपमहानगरपालिका-३ चटकपुर निवासी धर्मसिंह-माधवी ऐर दम्पतीलाई हिजोआज

अन्नपूर्ण आधार शिविर : पर्यटकसँगै फोहरको चुनौती

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको भूगोलमा पर्ने आठ हजार ९१

टीकापुरलाई ‘जिरो स्नेक किलिङ’ नगर बनाउन लागिपरेका लक्ष्मण

कैलाली । जिल्लाको टीकापुरमा सर्प देख्नेबित्तिकै सम्झने एउटा नाम हो-लक्ष्मण

‘छठ वैदिककालदेखिको पर्व हो’

रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले छठपर्व वैदिककालदेखिको पर्व

श्रीमानद्वारा श्रीमतीको हत्या

तनहुँ । तनहुँको भानु नगरपालिका-८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले