डडेल्धुरा । कोरोना संक्रमणबाट डडेल्धुरामा एक जनाको मृत्यु भएको छ । संक्रमणबाट नवदुर्गा गाउँपालिकाका अन्दाजी ४८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा आएको अस्पताल प्रशासनले जनाएको छ । तर, डडेल्धुरा अस्पतालका निमित्त मेसु डांजगदिशचन्द्र विष्टले उनको अस्पताल पुग्नु भन्दा पहिले नै मृत्यु भइसकेको बताएका छन् ।
मृतकका आफन्तले दिएको जानकारी अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको डडेल्धुराको कोभिड-१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए ।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले मृतकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापन गर्ने बताए । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ ।
प्रतिक्रिया