६ बैशाख २०८२, शनिबार | April 20, 2025

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माणको तयारी



भैरहवा । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ टर्मिनल भवन निर्माणको तयारी अघि बढाएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दोस्रो टर्मिनल भवनको डिजाइन सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा सार्वजनिक गर्दै सुझाव माग गरेका छन् ।

भट्टराईको पोष्ट र ट्वीटमा धेरैले टिप्पणी गर्दै नेपाली मौलिकता झल्किने डिजाइनलाई अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।

भट्टराईको फेसबुक पोष्टमा कमेन्ट गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नमस्ते आकारको टर्मिनल भवन बनाउँदा उचित हुने सुझाव दिएका छन् ।

टर्मिनल भवनको आर्किटेक्ट डिजाइन भारतीय कन्सल्टेन्सीले तयार पारेको हो । डिजाइन स्वीकृत भएपछि ग्लोबल टेन्डरको प्रक्रिया अघि बढ्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, ‘आगामी डिसेम्बरसम्म डिजाइन स्वीकृत, ग्लोबल टेन्डरको प्रक्रिया सक्नेगरी तयारी भइरहेको छ ।’

दोस्रो टर्मिनल भवन बुद्ध कला र संस्कृति झल्किने गरी निर्माण गर्ने सोच सरकारको रहेको पनि पोखरेलले बताए ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार टर्मिनल भवनको डिजाइनदेखि संरचना निर्माणका सबै काम मन्त्रालयले अगाडि बढाएको छ ।

दोस्रो टर्मिनल भवन घाँघरा खोला र हाल रहेको टर्मिनल भवनको बीचमा बन्ने विमानस्थल आयोजनाले जनाएको छ । यसका लागि माटो परीक्षणको काम पुरा भएको छ ।

 

थप डिजाइनहरु




प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ८ : ५२ बजे

समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य हुँदैन : गृह मन्त्रालय

काठमाडौँ । राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले लगाएको निषेधित

चितवन सेवा समाज बाँकेको शुभकामना तथा क्यालेन्डर विमोचन

नेपालगन्ज । चितवनबाट बाँकेमा बसोबास गरिरकेकाहरुको संगठन चितवन सेवा समाज

न्यू डाँफेको नेतृत्वमा दोस्रो पटक तिलकबीर सुनार, आगामी वर्ष गोल्ड कपको घोषणा

खजुरा । बाँके जिल्लाकै जेठो क्लब मध्यको न्यू डाँफे स्पोर्ट्स

लुम्बिनी कप अन्तराष्ट्रिय महिला फुटबल : भारतीय टिमलाई ४-० ले पराजित गर्दै पुलिस क्लव विजयी

नेपालगन्ज । नेपालगन्जमा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल

१० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिता सुरु

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १०औं मणिमुकुन्द कप