२३ भदौ २०८१, आइतबार | September 8, 2024

आईपीएल २०२० : हैदराबादलाई पराजित गर्दै बैंगलोरले विजयी सुरुवात



एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ ।

दुबईमा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले विजयी सुरुवात गरेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटिएको थियो ।

हैदराबादका लागि जोनी बेयरस्टोले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै मनिस पाण्डेले ३४ तथा प्रियाम गार्गले १२ रन बनाए । कप्तान डेभिड वार्नर ६ रनमा आउट भए ।

हैदराबादका युजभेन्द्र चाहलले ३ विकेट लिए । शिवम डुबे र नाभदिप सैनीले २, २ विकेट लिए । डेल स्टेनको नाममा एक विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

बैंगलोरका लागि डेभदत्त पडीक्कल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले ।

डेब्यु खेलाडी पडीक्कलले बैंगलोरका लागि ५६ रनको उत्कृष्ट इनिङ्स खेले । पहिलो विकेटका लागि २० वर्षीय पडीक्कलले आरोन फिन्चसँग ९० रनको साझेदारी गरे । फिन्च २९ रनमा आउट भए ।

त्यस्तै डी भिलियर्सले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान विराट कोहली १४ रनमा आउट हुँदा शिवम डुबेले ७ रन बनाए ।

हैदराबादका विजय शंकर, थानगारासु नटराजन र अविशेक शर्माले १,१ विकेट लिए ।

यो जितसँगै बैंगलोरले पहिलो खेलमा २ अंक जोडेको छ । हैदराबादले भने हारबाट प्रतियोगिताको सुरुवात गर्न बाध्य भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ५ : ५५ बजे

यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

थारू समुदायको अटवारी पर्व : दिदीबहिनीका लागि व्रत लिएर मनाइँदै

कैलाली । पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदैछ

लुम्बिनी प्रदेशका सभामुखले थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गर्न पहल गर्ने

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थारु भाषालाई

मौलिक, कला, संस्कृतिहरूको प्रवर्धनबाट प्रदेशको पर्यटन विकास गर्न सकिने : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले मनाउने

गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा