२७ पुस २०८१, शनिबार | January 12, 2025

यती एअरलाइन्सद्वारा आन्तरिक भ्रमण प्याकेज सार्वजनिक



काठमाडौं । यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुहलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको छ ।

एयरलाइन्सले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुसँगको सहकार्यमा सुलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको बताएको छ ।

आफ्नो २२ औं स्थापना दिवसको अवसरमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउन ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ भन्ने नारा सहित सहुलियत दरमा विभिन्न प्याकेज सार्वजनिक गरेको बताएको हो ।

पत्रकार सम्मेलनमा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले कोभिड १९का कारण ठप्प भएको पर्यटन उद्योगलाई चलायमान बनाउन सहुलियत दरको भ्रमण प्याकेज ल्याइएको बताए ।

प्याकेजमा पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमण, काठमाडौँ आउनेका लागी पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारबाट दुईतर्फी हवाई टिकट सहीत बस्ने होटलको व्यवस्था मिलाइएको रिमालले जानकारी दिए ।

‘अब एअरलाइन्स उड्नमात्र होइन, घुम्नपनि’ भन्ने सन्देश दिने उद्देश्यले कुनैपनि भ्रमण प्याकेज खरीद गर्ने पहिलो १ सय जना यात्रुलाई आकर्षक उपहारको व्यवस्था गरिएको पनि रिमालले जनाए । भ्रमण प्याकेज खरीदकर्ता यात्रुले हरेकसाता ‘लक्की ड्र’ मार्फत आकर्षक उपहार प्राप्त गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत रिमालले बताए ।

एयरलाइन्सले २२ औँ स्थापना दिवसका अवसर पारेर आजैदेखि ‘यती एअरलाइन्स मोबाइल एप्स’ समेत सञ्चालनमा ल्याएको छ । मोबाइल एप्सको माध्यमबाट टिकट बुकिङ गरेमा विशेष छुट दिने व्यवस्था गरिएको पनि प्रमुख कार्यकारी अधिकृत रिमालले बताए ।

यस्तै यती एयरलाइन्सले उच्च सतर्कता अपनाएर आज (सोमबार) देखि हवाई उडान सूचारु गरेको पनि बताएको छ । नेपालको आन्तरिक उडान गत चैत महिना यता कोभिड संक्रमणको उच्च जोखिम रहेपछि बन्द अवस्थामा थियो ।

सरकारले असोज ५ गते देखि आन्तरिक उडानलाई सूचारु गर्ने निर्णय गरेको थियो ।

प्रमुख कार्यकारी अधिकृत रिमालले चालकदल, यात्रु र कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि विश्व स्वास्थ्य संगठन, नेपाल नागरिक उड्डयन प्राधिकरण, र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको निर्देशिका अनुरुप यती एयरलाइन्स र तारा एयरलाइन्सको छुट्टाछुट्टै कार्यविधि बनाई जहाज सञ्चालन गरेको बताए

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ३ : ३७ बजे

पश्चिम नेपालबाट पुनः मौसम बदली सुरु

काठमाडौँ । मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु भएको

अपडेट : मनहरी दुर्घटनामा थप एकको मृत्यु

  हेटौडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा

विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क

बुटवलबाट गुल्मी जाँदै गरेको गाडीको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । बुटवलबाट गुल्मी जाँदै गरेको यात्रुवाहक गाडीले ठक्कर दिँदा

भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भन्सार विन्दुमा भारतीय