१४ पुस २०८१, आइतबार | December 30, 2024

राज्यले माल पाएर चाल नपाएको डोटी, जहाँ ढुंगा माटो र रुख बिरुवामा धनको वर्षा हुन्छ



नेपाली सेनाका एकजना अधिकृत राजेन्द्र थापाले आफ्नो कार्यकाल सकाएर फर्कने क्रममा कवितामार्फत भनेका थिए “सुर्य पनि अस्ताउन मात्र आउँछ, सुदुर पश्चिममा” । सदियौं कालदेखि राजधानी काठमाडौंले विकास छुट्याउँदा सुदुर पश्चिमलाई बचेकुचेको विकास प्रवाह गर्ने गर्दछ । अधिकांस सरकारी खर्च अन्यत्र गर्दै शेष बचेको केहि रकम मात्र सुदुरपश्चिम पुग्ने गरेको इतिहास लामो छ नेपाली सन्दर्भमा ।

काठमाडौंले बिदेशी डलरको खेती गरिरहँदा सुदुर पश्चिमका जनता भारतीय भुमिमा एड्सको बाली भित्राउन बाध्य बने एक समय । पुर्वेलीहरु अमेरिका, क्यानडा, अष्ट्रेलिया, लगायत युरोपियन मुलुकको कुरा गरिरहँदा सुदुर पश्चिमेलीहरु भारतको उत्तराञ्चलमा स्याउ टिप्ने र बैष्णौदेवी वा हिमाञ्चलमा डोलेको तनखा बुझ्न अझै गर्न बाध्य छन् ।

सक्षिप्त परिचय : 
सुदुरपश्चिम प्रदेशको एक जिल्ला, जहाँ सडक छ, बिजुली छ र सरकारी उपस्थिति पनि छ तर विकास छैन । सुदुर पश्चिमको डोटी जिल्ला कुनै बेला क्षेत्रीय सदरमुकाम पनि थियो । २०३८ सालमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई विभाजन गर्दै सुदुर पश्चिमाञ्चल विकास क्षेत्र घोषणा गरिएपछि डोटीलाई क्षेत्रीय सदरमुकाम बनाईएको थियो । ३८ सालमा सदरमुकाम घोषणा गरिए पनि २०४० पछि मात्र डोटीको दिपायलबाट प्रशासनिक काम सुरु गरिएको थियो । सदरमुकाम डोटीको दिपायल भनिए पनि सबै काम धनगढीबाट हुने गर्दथे । विकास क्षेत्रका हाकिमहरु सबै सुगम धनगढी तिरै डेरा जमाएर बस्थे । कागजमा मात्र डोटी सुदुर पश्चिमको सदरमुकाम कहलिन्थ्यो ।

त्यसो त डोटीको नेपाली इतिहासमा छुट्टै पहिचान रहेको छ । बाईसे चौबिसे राज्यदेखि नेपालका ४ किल्ला मध्य धनकुटा , काठमाण्डौ , पाल्पा पछिको अर्को दरिलो किल्ला पनि हो डोटीको किल्ला ।

डोटी जिल्ला नेपालको सुदुरपश्चि प्रदेशमा अवस्थित एउटा जिल्ला हो । ज्ञानेश्वर भटृराईको वृहत ज्ञान कोषको अनुसार त्यस क्षेत्रमा प्रवाहित हुने खोलाको नाम डोटी खोला रहेको र सोही डोटी खोलाको छेउछाउको भागलाई डोटी क्षेत्र भन्ने गरिएकोले सोही आधारमा जिल्लाको नाम डोटी रहन गएको हो ।

डोटीबाट चुनाव जित्ने हरेक उम्मेदवारहरुको मुख्य नारा हुने गरेको छ फास्ट ट्रयाक । पंचायतदेखि प्रजातन्त्र र गणतन्त्र सम्मका नेताहरुले डोटेलीहरुलाई पुर्वपश्चिम राजमार्गको अत्तररियाको स्याउलेबाट डोटीको दिपायल सम्मको ८१ किलोमिटर सडक बनाउने आश्वासन बाँड्दै चुनाव जित्दै आएका छन् । तर सडकको मुर्तखाका भने कसैले कोर्न सकेका छैनन् ।

बाइसे–चौबीसे राज्यकालमा बाइसे राज्य भन्दा परको विशाल तथा शक्तिशाली मानिएको रैका राज्य अर्थात डोटी राज्य पूर्वमा कर्णाली नदी पश्चिममा रामगंगा कुमाउँ, उत्तरमा ठाकुरजीदेखि दक्षिणमा तराईसम्म फैलिएको थियो । डोटीका राजालाई महाराजाधिराजको उपाधिको स्थानीय नाम रैकाज्यू भनिन्थ्यो । डोटीका शासक कत्युरवंशी राजा सुभिक्षराज सन १०४५–१०६५ डोटीका अतिरिक्त अल्मोडा र गढवालका समेत शासक थिए । त्यहाँका राजा दीपशाहीको पालामा कप्तान रणवीर खत्रीको नेतृत्वमा गएको नेपाली फौजले डोटीमाथि आक्रमण गरी वि.सं १८४७ सालमा विशाल नेपाल राष्ट्रअन्तर्गत विजय गरेको थियो । राणाकालमा प्रशासनिक केन्द्रको रूपमा तोकिएको डोटी गौंडाको नियन्त्रणमा अछाम, बाजुरा बझाङ, जुम्ला र बैतडी थिए ।

डोटी प्राकृतिक रुपले सुन्दर मात्र छैन । धार्मिक, सांस्कृतिक र जैविक विविधताले पनि सम्पन्न छ । अधिकांश क्षेत्र समशितोष्ण रहेको डोटीको १ तिहाई भाग सित प्रदेशमा पर्दछ । हावापानीको विविधताकै कारण धरै प्रकारका जडिबुटीका लागि पनि डोटी प्रसिद्ध छ । डोटीमा उत्पादन हुने मह, अदुवा र घिउले बजार नपाउँदा त्यहाँका किसानहरु विस्थापित भएर भारतीय भुमिमा काम गर्न जान बाध्य छन् ।

डोटी जानका लागि पूर्व पश्चिम राजमार्गको कैलालीमा पर्ने अत्तरियाबाट १९१ किलोमिटर छ । जबकी अत्तरियाबाट द्रुत मार्ग खोल्दा डोटी ८१ किलोमिटर दुरीमा मात्र पर्छ भनिन्छ । पञ्चायती ब्यवस्थाका नेताहरुले आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थ सिद्ध गर्न डोटी पुग्न डडेल्धुरा पुग्नैपर्ने बाध्य पारेका कारण डोटी मुल प्रवहबाट सधै पछाडि परिरहेको छ ।

डोटी चिनाउने ऐतिहासिक बजार सिलगढी :
डोटीको एउटा ऐतिहासिक बजार हो सिलगढी । काठमाडौंको खाल्डोलाई मात्र आफ्नो राज्य सम्झने नेवार समुदायको बाहुल्य रहेको सिलगढीको नेवारी इतिहास पनि छुट्टै छ । सिलगढीमा १ सय ५० भन्दा बढी नेवारहरुको घर रहेको छ ।
बिशेष गरी नेपाल एकिकरणका बखत पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गरेपछि मात्र दिपायलमा नेवारहरुको बस्ती बसेको पाईन्छ । काठमाडौंका मल्ल राजा जयप्रकाश मल्लका खजान्चीहरु अमात्य र मास्के थरका थिए रे । काठमाडौंमाथि विजय हासिल गरे लगत्तै नेवारी मन्त्रबाट मात्र खुल्ने मल्लराजाका ढुकुटीहरु खोल्न पृथ्वी नारायणका भारदारहरु असफल भएपछि नेवारका ६ वटा थरसंँग वैवाहिक सम्बन्धको प्रस्ताव राखिएको थियो । तर बाहिरबाट आएको खसहरुसँग वैवाहिक सम्बन्ध नराख्ने नेवारहरुको अडानपछि आक्रोशित भएका पृथ्वीनारायण शाहले हनुमान ढोका दरवारमा बोलाएरे भोज खुवाएछन् । बदला लिनका लागि रक्सीमा मस्त बनाएर गोप्य मन्त्रहरु समेत लिएपछि हनुमान ढोका दरवारमा उपल्लो तलामा भोज खाईरहेकै बेला तलबाट आगो लगाएपछि ठूलो संख्यामा नेवारहरुको नरसंहार भएको र त्यहाँबाट भाग्न सफल केही नेवारहरु आफ्नो थर फेर्दै दिपायलको सिलगढी सम्म पुगेका थिए भन्ने कतिपय इतिहासकारहरु दाबी गर्छन् ।

सिलगढीमा अधिकांस मल्ल नेवारहरु रहेपनि उनीहरुले श्रेष्ठ लेखाउँदै आएका छन् ।
सिलगढीमा मल्ल, विजुच्छे, अमात्य, जोशी थरका नेवारहरु बस्दै आएकाछन् । थर नेवार लेखेपनि उनीहरु नेवारी बोल्न जान्दैनन र नेवारी संस्कृति पनि विस्तारै भुल्दै गैरहेकाछन् ।

राज्यले रोजगारीको व्यवस्था नगरेपछि बाल्यअवस्थामा नै भारतमा मजदुरी गर्न जानु डोटेलहरुको नियती नै बनेको छ । नेपालका पुर्वीक्षेत्रका युवाहरुले तेस्रो मुलुकको रोजगारी खोजी रहँदा सुदुर पश्चिमका युवाहरु भारतीय बजारमा चौकीदारी गर्ने कि, स्याउ टिप्ने की भाँडा माझ्ने बिषयमा चर्चा गरिरहेका हुन्छन् । काठमाडौं वरिपरिका युवाहरु बैंकहरुमा डलर सटही गरिरहँदा डोटेलहरु स्वास्थ्य संस्थाहरुमा एचआईभी परीक्षण गर्न बाध्य हुन्छन् ।

सिलगढीको अर्को प्रसिद्धता हो शैलेश्वरी मन्दिर । बाईसे चौबिसे राज्यका बेला तत्कालीन डोटी गौडाका राजाहरुको ईष्ट देवताका रुपमा रहेको शैलेश्वरी डोटीको अर्को आकर्षण हो । शक्तिपिठका रुपमा मानिको शैलेश्वरीमा परापुर्वकालमा भारतको बरेलीबाट सोम शर्मा आएर तपस्या गरेको र ईश्वरीको बरदान पाएको किम्बदन्ती रहेको छ ।

स्कन्द पुराणको मानस खण्डमा पार्वतीसँग विवाह गरेपछि भगवान शंकर रसलिलामा लिप्त भई कैलासबाट हराउनुभएको र देवताहरुले खेज्दै आउँदा हाल शैलेश्वरी मन्दिर रहेको स्थानमा शंकर र पार्वती नग्न अवस्थामा भेटिए पछि पार्वतीलाई लज्जा भई पत्थरको रुपमा अलप भएको भन्ने कथा उल्लेख गरिएको छ ।

शैलेश्वरीको अर्को कथामा भगवान रामचन्द्रले रावण बध गरेपछि लागेको ब्रम्ह हत्याको पाप मोचन गर्न शैलेश्वरीको तपस्या गरेको समेत जन विश्वास रहेको छ ।
डोटी जाने जो कोही पनि शैलेश्वरी मन्दिरको दर्शन नगरी फर्कदा डोटीको यात्रा अधुरो हुने धैरै डोटेलीहरुले भन्ने गरेका छन् । त्यसैले पनि डोटीको विकासमा शैलेश्वरीको महिमाको प्रचार गरी धार्मिक पर्यटनको केन्द्रका रुपमा डोटीलाई बनाउन सकिने सम्भावना रहेको छ ।

हरेक नेताका चुनावी मुद्धा फाष्ट ट्याक : 
प्राकृतिले दिएको सुन्दरता र जैविक विविधता भएर पनि डोटीले राज्यको सकारात्मक पहल र कार्ययोजना नहुँदा अझै पनि दुर्गम जिल्लाका रुपमा चिनिन बाध्य छ ।
राजनीतिक खिचातानीका कारण ८१ किलोमिटरमा मुल राजमार्गसँग जोडिने डोटी १ सय ८३ किलोमिटर टाढा रहन बाध्य भएको छ । यातायातको लामो दुरीका कारण डोटीका कृषि उत्पादनहरु बजारसम्म पुग्दा महंगो पर्न जाने गरेको छ ।

डोटीबाट चुनाव जित्ने हरेक उम्मेदवारहरुको मुख्य नारा हुने गरेको छ फास्ट ट्रयाक । पंचायतदेखि प्रजातन्त्र र गणतन्त्र सम्मका नेताहरुले डोटेलीहरुलाई पुर्वपश्चिम राजमार्गको अत्तररियाको स्याउलेबाट डोटीको दिपायल सम्मको ८१ किलोमिटर सडक बनाउने आश्वासन बाँड्दै चुनाव जित्दै आएका छन् । तर सडकको मुर्तखाका भने कसैले कोर्न सकेका छैनन् ।

त्यसो त डोटी जान सहजपुर बाट पनि सहज र सजिलो बाटो बन्न सक्दछ । सहजपुर–डोटीको बाटो खुले अहिलेको भन्दा झण्डै ५० किलोमिटर सडक छोटो बन्न सक्दछ । तर त्यस तर्फ भने अहिलेसम्म कसैको ध्यान पुग्न सकेको छैन ।

ढुङ्गा माटो र रुख बिरुवाबाट धनको वर्षा :
डोटी जिल्ला अहिले पनि जोरायल बास्मती चामलका लागि प्रसिद्ध छ भने डोटीमा पाईने मह, घिउ अरु ठाँउमा भन्दा गुणस्तरीय हुने गर्दछ । चिराईतो, अल्लो, टिम्मुर, सतुवा, धपीजरा, सिलाजीत जस्ता जडिबुटीका लागि पनि डोटी धनी जिल्ला हो । तर सहज सडकको पहुँच, राज्यको व्यवसायमा उपयुक्त वातावरण र स्थानीयबासीमा व्यवसाय प्रतिको जागरुकता नभएका कारण डोटेलहरु भारतको कालापाहाड जान बाध्य छन् । कस्तुरीले आफ्नै नाभीमा मगमगाईरहेको बिणा खोज्न जङ्घल विचरण गरेजस्तै डोटेलहरु आफ्नै वनपाखा भरीको सम्पदा छाडेर भारतको सिमला र उत्तराञ्चलमा मजदुरी गरिरहेका छन् ।

राज्यले रोजगारीको व्यवस्था नगरेपछि बाल्यअवस्थामा नै भारतमा मजदुरी गर्न जानु डोटेलहरुको नियती नै बनेको छ । नेपालका पुर्वीक्षेत्रका युवाहरुले तेस्रो मुलुकको रोजगारी खोजी रहँदा सुदुर पश्चिमका युवाहरु भारतीय बजारमा चौकीदारी गर्ने कि, स्याउ टिप्ने की भाँडा माझ्ने बिषयमा चर्चा गरिरहेका हुन्छन् । काठमाडौं वरिपरिका युवाहरु बैंकहरुमा डलर सटही गरिरहँदा डोटेलहरु स्वास्थ्य संस्थाहरुमा एचआईभी परीक्षण गर्न बाध्य हुन्छन् ।

सुदुरपश्चिमलाई केन्द्र बनाएर शेरबहादुरहरु, लोकेन्द्र बहादुरहरु, भिम रावलहरु र लेखराजहरु धेरै पटक प्रधानमन्त्री र मन्त्री बने । तर कसैको पालामा सुदु पश्चिमलाई सुन्दर पश्चिम बनाउने गुरु योजना कोरिएन ।

 

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ११ : १८ बजे

घुससहित किताब खानाका शाखा अधिकृत पक्राउ

काठमाडौँ । राष्ट्रिय किताब खाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडौँमा

खेलकुद मन्त्रीको कारवाहीको चेतावनीबीच नेपाल ओलम्पिक कमिटीको बैठकबाट बिभिन्न निर्णय

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ऐन र कानुन

कुखुराको मासु खाँदा एकजनाको मृत्यु, तीन बिरामी

अछाम । कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ

अध्यक्ष प्रचण्डद्वारा महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

लुम्बिनी कप महिला फुटबलको सल्लाहकारमा सम्झना र राठौर मनोनयन

नेपालगन्ज । नेपालगन्जमा हुन लागेको प्रथम लुम्बिनी कप महिला फुटबल