७ बैशाख २०८२, आइतबार | April 20, 2025

नेपालमा पहिलो पटक ‘थ्रिडी सिनेमा’को प्रयोग ‘आर्किटेक डिजाइनमा’



बुटवल । इन्जिनियरिङ अध्ययन गर्दै गरेका एक युवाले नेपालमै पहिलोपटक ‘थ्रिडी आर्किटेक डिजाइन’मा ‘थ्रिडी सिनेमा’को जस्तै प्रयोग गरेका छन् ।

लुम्बिनी इन्जिनियरिङ कलेज रुपन्देहीमा बीई (सिभिल इन्जिनियर)मा अध्यनरत विजय बेल्बासेले यस्तो प्रकृतिको अवधारणा नेपालमा पहिलो पटक ल्याएका हुन् ।

बेल्बासेका अनुसार प्रोजेक्टरको माध्यमबाट थ्रिडी डिजाईनमा थ्रिडी ग्लास लगाएर हेर्दा थ्रिडी सिनेमा जस्तै घर, भवन वा संरचनाभित्र नै बसेर हेरे जस्तो, आफु नै घर, भवन वा संरचनाभित्र नै बसेको अनुभव गर्न सकिन्छ । यसअघि नेपालमा यस्तो प्रकृतिको आर्टिकेट डिजाइन नभएको वेल्वासेले दाबी गरेका छन् ।

बुटवल मिलनचोकमा क्रियटिभ इन्जिनियरिङ सोलुसन्स सञ्चालन गर्दै आएका बेल्बासेले आर्किटेक डिजाइनमा थ्रिडी अवधारणा ल्याएका हुन् ।

आफ्नो फर्मले थ्रिडी डिजाईनमा थ्रिडी ग्लास लगाएर प्रोजेक्टरको माध्यमबाट डिजाईन हेर्दा आफै स्वयम सोही संरचनामा नै बसे जस्तो, सोही स्थानमा नै गएजस्तो अनुभुति हुने गरी डिजाईजन अगाडि बढाएको उनले जनाएका छन् ।

रम्भादेवी कलेजबाट डिप्लोमा ईन इन्जिनियरिङ (ओभरसियर) पुरा गरेका बेल्बासेले न्यु स्केल एकेडमी अमेरिकाबाट आर्किटेकमा केही छोटो अवधिको कोर्ष समेत पुरा गरिसकेका छन ।

सन् २०१८ मा आएको ‘रोवर्ट २.०’ नामको चलचित्र हेरेपछि आएको अवधारणालाई आर्किटेकमा पनि प्रयोग गर्न सकिन्छ भन्ने सोच अनुसार यस्तो डिजाइनिङ सुरु गरिएको उनी बताउँछन् ।

ब्युल्ड संसार नेपाल नामको सामाजिक सञ्जालमा बेल्बासेले आफ्नो थ्रिडी डिजाइन प्रस्तुत गर्दै आएका छन् । यो प्रविधिलाई खासगरी ठुल–ठुला हाउजिङ्ग, सपिङ्ग कम्लेक्सदेखि लिएर सामान्य घरहरुमा पनि प्रयोग गर्न सकिने उनको भनाइ छ ।

यो परियोजनालाई निरन्तरता दिँदै अझ बढि परिस्कृत रुपमा अगाडि बढाउने योजना इन्जिनियर बेल्बासेको रहेको छ ।

 

 

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  १ : २७ बजे

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

बेनी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी

कुलमानलाई विद्युत प्राकिरणबाट हटाएको विरोधमा महोत्तरीमा नागरिक समाजको प्रदर्शन

महोत्तरी। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई सरकारले प्रतिशोध

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि रु दुई अर्ब ५०

सम्झौताको नौ वर्षपछि कञ्चनपुरको दोदामा पुल निर्माण

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले