काठमाडौं । चितवन र महोत्तरीमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको पछि ।
चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. ९ बस्ने ६२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
उपचारकै क्रममा गएराति ११स्३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले विज्ञप्तिमार्फत जनाएका छन् ।
भदौ १५ गते श्वासप्रश्वास र निमोनियाको समस्याका कारण ती महिला अस्पताल भर्ना भएकी थिएन । उनलाई भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको डा. लम्सालले बताएका छन् । उनको कोभिड सघन उपचार कक्षमा उपचार हुँदै आएको थियो ।
चितवनमा अहिलेसम्म २७ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ ।
उता, महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ ।
कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उनको आइतबार मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विजय झाले बताए ।
भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते उनी कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो ।
उनी उच्च रक्तचापका बिरामीसमेत रहेका थिए । उनको मृत्युसँगै अब महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जिल्लाका कोरोना फोकलपर्सन गिरेन्द्रकुमार झाले जानकारी दिए ।
प्रतिक्रिया