२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

पावर, पहुँच र पैसा भएकाको यात्रा नरोक्ने सरकारले गरीब चढ्ने बस किन रोक्छ ? : यातायात व्यवसायी



बुटवल । राज्यले लकडाउन र निषेधाज्ञालाई कहिले खुकुलो कहिले कडा पार्ने रणनीति लिएपछि बिगत साढे पाँच महिनादेखि बन्द रहेका व्यवसायीहरुले सरकारको निर्णयको अवज्ञा गर्ने तयारी गरेका छन् ।

सरकारले अन्य व्यवसायीलाई खुकुलोका बेला केहि सहजता दिएपनि खुकुलोका बेला पनि बन्दाबन्दीमा परेका होटल व्यवसायी र यातायात व्यवसायीहरुले सरकारी लकडाउन र निषेधाज्ञालाई अवज्ञा गर्ने घोषणा गरेका छन् ।

३ दिन पहिले असोज १ गतेबाट एक तर्फीरुपमा यातायात व्यवसायीहरुले यातायात सञ्चालन गर्ने निर्णय गरेको ३ दिन पछि होटल व्यवसायीहरुले पनि असोज १ बाट होटल रेष्टुरेण्टहरु संचालन गर्ने घोषणा गरेका छन् । गृह मन्त्रालय र त्यस मातहतका स्थानीय प्रशासनले निषेधाज्ञा वा लकडाउन खुलाउने निर्णय नगर्दै व्यवसायीहरुले सरकारले जस्तो निर्णय गरेपनि व्यवसाय संचालन गर्ने निर्णय गरेका हुन् ।

‘पावर, पहुँच र पैसा भएकाहरुलाई यात्रा गर्न कहिल्यै रोकिएन, उपाय नभएका गरीबलाई मात्र किन सास्ती रु’, पश्चिम नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले प्रश्न गरे । खरेलले पैसा खर्च गरेर हिँड्न चाहनेहरु कहिल्यै नरोकिएको र रातो प्लेटका निजी सवारी साधानले बढी पैसा लिएर यात्रु ओसारेको भन्दै सार्वजानिक सवारी साधनलाई मात्र निषेध गर्नुको अर्थ नरहेको बताए ।

सबै व्यवसायलाई खुकुलो बनाउँदा यातायात व्यवसायलाई मात्र प्रतिबन्ध लगाउनु न्यायोचित हुनै नसक्ने खरेलको तर्क छ । अन्य कुरामा विदेदेशीको नक्कल गर्ने सरकारले स्वास्थ्य सुरक्षा अपनाएर यातायात चलाउन दिने कुरामा किन विदेशीसँग सिक्दैन ? खरेलले फरि प्रश्न गर्छन्।

सरकारले सार्वजानिक सवारी साधनलाई निषेध गरेपनि रातो प्लेटका निजी सवारी साधनले भने मेची महाकाली सवारी ओसारपसार गरिरहेका छन् । स्थानीय प्रशासनले एक जिल्लाबाट अर्को जिल्लामा आवागमन गर्न नदिने निर्णय गरेको छ, तर निजी सवारी साधनलाई भने रोकेको छैन ।

होटल तथा रेष्टुरेन्ट व्यवसायीको पनि सरकारलाई यातायात ब्यवसायीहरुकै जस्तो प्रश्न छ । पसल, उद्योग, निजी सवारी, वित्तीय संस्था खुल्दा होटल किन बन्द ? रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसीले जिज्ञासा राखे । होटल व्यवसायीहरुले पनि असोज १ गतेबाट रुपन्देहीका होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्ने एकतर्फी घोषणा गरेका छन् ।

कोरोनाका कारण भोग्नु परेको पीडा, आर्थिक समस्या र व्यवसाय नै छोड्नु परेको अवस्था हुँदा पनि व्यवसायीको पीडामा सरकारले मलम लगाउन नसकेको होटल व्यवसायीको गुनासो छ।

संघ सरकार, प्रदेश सरकार, स्थानीय तह समेतमा पटक पटक व्यसायीका समस्या र कोरोनाका कारण भोग्नुपरेको आर्थिक पीडाका बारेमा जानकारी गराउँदा समेत राज्य तहबाट कुनै सुनुवाई नभएकोले सरकारी निषेधाज्ञाको अवज्ञा गर्दै व्यवसाय सञ्चालन गर्ने निर्णय गरिएको होटल व्यवसायी संघद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ।

रुपन्देहीमा होटल तथा रेष्टुरेण्ट व्यवसायमा १६ अर्ब भन्दा बढीको लगानी भएको ३० हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको व्यवसायमा राज्यले राहत दिन नसक्दा करिब १ सय व्यवसायीले कोरोनाका कारण पेशा नै छोड्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सामाजिक सुरक्षा मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गरिने भन्दै विज्ञप्तिमा सरकार, स्थानीय तहबाट व्यवसायीले गरेको निर्णयमा सहयोग गरिदिन पनि माग गरिएको छ।

सबै व्यसाय संचालन हुँदा होटल व्यवसायीप्रति राज्य अनुदार भएको शंका अध्यक्ष समुन्द्र जिसीले बताए । ‘अब धैर्य गरेर बस्न सकिने अवस्था छैन । सीडीओ, पर्यटन मन्त्रालय र सरोकारवाला निकायमा सुचना दिएर हामी होटल खोल्छौं’, उनले भने ।

सरकारको राहत, क्षतिपुर्ति पनि नदिने, होटल खोल्न पनि नदिने प्रवृतिको अध्यक्ष जिसीले विरोध गरे । होटलबाट गुजारा चलाउने सयौं नागरिक सडकमा आउने अवस्था आएको भन्दै अध्यक्ष जिसीले सडकमा पुगेका व्यवसायीलाई राज्यले क्षेतिपुर्ति दिन माग गरे ।

रुपन्देहीका होटल व्यवसायीहरुले यातायात व्यवसायीले असोज १ गतेदेखि मुलुकभर सवारी साधन सञ्चालन गर्ने निर्णयप्रति पनि ऐक्यवद्धता जनाएको छ। होटल ब्यवसायी संघमा रुपन्देहीका १ हजार २ सय व्यवसायी आवद्ध रहेका छन्।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने मुलुकमा संक्रमणको अवस्था जोखिमपूर्ण नै रहेको बताउँछन् । समग्र मुलुकसहित रुपन्देही पनि जोखिममा रहेको भन्दै उनले जारी निषेधाज्ञा सहितको लकडाउनलाई जिल्लाका सबै तह र निकायसँगको सल्लाह अनुसार नै निर्णय गरिने बताए ।

जिल्ला स्तरीय कोभिड क्राईसिस मेनेजमेण्ट सेण्टर (डीसीसीएमसी) ले सिफारिस गरे अनुसार नै निर्णय हुने र सकेसम्म सबैको सुझावको सम्बोधन हुने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  १० : ३७ बजे

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए

गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका