२९ फाल्गुन २०८१, बिहिबार | March 13, 2025

निषेधाज्ञा खोलिए काठमाडौं उपत्यकामा संक्रमण थप बढ्छ : स्वास्थ्य मन्त्रालय



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा लम्ब्याउन सुझाव दिएको छ ।

कोरोना संक्रमण दर अझै नघटेको भन्दै मन्त्रालयले जारी निषेधाज्ञालाई एक साता थप्न सुझाव दिएको हो ।

अबको एक साता निषेधाज्ञा लम्ब्याए महामारी नियन्त्रण गर्न सहज हुने मन्त्रालयको निस्कर्ष रहेको छ ।

काठमाडौं उपत्यकामा आज मध्यराति १२ बजेदेखि निषेधाज्ञा अवधी सकिँदैछ ।

दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउने भन्ने स्वास्थ्यको मापदण्ड रहेका कारण त्यसैअनुसार चल्नुपर्ने मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

उपत्यकामा जोखिम अझै नघटेको भन्दै मन्त्रालयका कोभिड–१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) प्रमुख डा. गुणराज लोहनीले जनस्वास्थ्यको हितका लागि निषेधाज्ञालाई निरन्तरता दिनु पर्ने जिकिर गरे ।

अहिले निषेधाज्ञालाई खुला गरे घना बस्ती भएको उपत्यकाको संक्रमण झन बढी फैलिने स्वास्थ्य मन्त्रालयको निस्कर्ष रहेको छ । संक्रमितहरु बढ्दै जाँदा स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई थप प्रेसर पर्ने भन्दै मन्त्रालयले निषेधाज्ञालाई खुला नगर्न सुझाव दिएको हो ।

तर, तीन सातादेखिको लगातार निषेधाज्ञाका कारण आम मानिसको जनजीवन प्रभावित भएको र अर्थतन्त्र चौपट भएको भन्दै विकल्प खोज्न दबाब बढेको छ ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  १२ : ३९ बजे

रङहरुको पर्व फागुः भक्तपुरका नेवाः समुदायमा पृथक ढङ्गको फागु

भादगाउँ । रङहरुको पर्व फागु अर्थात् होली आज काठमाडौँ उपत्यकासहित

समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील बनौं : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन हुँदै

चितवन । व्यावसायिक रुपमा रेशमखेती गर्ने किसान नभएपछि यहाँ उत्पादन

‘सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले

होलीमय मिथिला

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा फागु खेल्न फागुन पूर्णिमा कुर्नु