६ आश्विन २०८१, आइतबार | September 22, 2024

सोलुखुम्बुमा एकै गाउँका चार बालबालिका सम्पर्कविहीन



सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ बासाका चार बालबालिका सम्पर्कविहीन भएका छन् ।

परिवारका अनुसार शनिबार साँझ ५ः०० बजेदेखि उनीहरु सम्पर्कविहीन छन् ।

स्थानीयवासी कृष्णबहादुर राईका छोरा १२ वर्षीय तुषण र आठ वर्षीय सुदीप, सोही गाउँका आङछिरी राईका सात वर्षीय छोरा फ्रान्सीस र साढे दुई वर्षीया छोरी सिजल बेपत्ता छन् ।

साँझपख खेल्नभनी घरबाट निस्केका उनीहरु नफर्किएको बासाखाली माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमारराज श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार शनिबार साँझदेखि गाउँलेले खोजी कार्य जारी राखे पनि हालसम्म अवस्था पत्ता लागेको छैन ।

उनीहरुलाई देख्ने जो कोहीले ९८४४६६०५०८ मा सम्पर्क गरि खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ८ : ३२ बजे

मोदी र बाइडेनबीच भेटवार्ता

काठमाडौं । अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति जो

नेपालको अर्थतन्त्र सुधार हुँदै : आइएमएफ उपनिर्देशक

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

१०२ मेगावाटको मध्यभोटेकोशी एक महिनाभित्र ल्याउने तयारी

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), विश्व वातावरण कानुन