२५ चैत्र २०८१, सोमबार | April 8, 2025

क्रिकेटर पारसका खड्का फिनिक्स कलेजको एमबीए कार्यक्रमको ब्रान्ड एम्बासडरमा नियुक्त



काठमाडौ । फिनिक्स कलेज अफ म्यानेजमेन्टले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा खेलाडी पारस खड्कालाई आगामी दुई वर्षका लागि एमबीए कार्यक्रममा ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ ।

खड्कालाई  कलेजका डाइरेक्टर लक्ष्मण पोख्रेलले कलेजको एमबीए कार्यक्रममा ब्रान्ड एम्बासेडर भएको घोषणा गर्दै २ बर्षको लागि अनुबन्धन गरिएको जानकारी दिए ।

यस्तै फिनिक्स कलेजका प्राचार्य डा.विनोद बहादुर खत्रीले पारस खड्का नेपाली राष्ट्रिय टिमको विख्यात खेलाडी मात्रै नभएर राम्रो र मेधावी विद्यार्थी पनि रहेको बताए ।

पारस खडकाले कलेजसँगको सामिप्यता तथा उच्च शिक्षा अध्ययनप्रतिको लगाबले फिनिक्स कलेज राष्ट्रिय नायकहरु तथा मेधावी विद्यार्थीको पहिलो रोजाइँमा रहेको प्राचार्य खत्रीले जानाकारी दिए ।

खड्काले कलेजद्धारा संचालित एमबीए कार्यक्रममा यसै सेप्टेम्वर सत्र देखी अध्ययन पनि गरिरहेका छन् ।

यस्तै खेलाडीहरूका लागि औपचारिक र उच्च शिक्षा धेरै आवश्यक रहेको ब्रान्ड एम्बासेडर खड्काको भनाई थियो । खेलको क्यारियरपछि उनीहरूको भविष्यका लागि, एक शिक्षित खेलाडी आफैलाई, विश्व र खेललाई अझ राम्ररी सक्षम बुझ्नको लागि एमबीए अध्ययन गर्न लागेको खड्काले बताए ।

फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी एमबीए. तथा बिबिए. कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो कलेज हो ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ५ : ५५ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग