काठमाडौं । कोरोना भाइरसको संक्रमण नेपालमा दिनदिनै बढिरहेको छ । दैनिक १ हजारको आसपामा संक्रमितहरु थपिन थालेका छन् ।
शुक्रबार देशभर १३ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् ।
१३ हजार ६३८ पीसीआर परीक्षणमा १३ सय ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना ब्रिफिङमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार शुक्रबार ४६४ जना महिला र ८९५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
हालसम्म ७ लाख ४५ हजार ४९० पीसीआर परीक्षण गरिसक्दा हालसम्म देशभर संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।
काठमाडौं उपत्यकामा ४५४ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका छन् ।
सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ पुगेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ४६२ जना रहेका छन् ।
देशभरबाट १३ सय ५४ जना संक्रमित निकोभएर घर फर्किएका छन् । हालसम्म २५ हजार ५६१ जना घर फर्किसकेका छन् ।
प्रतिक्रिया