२५ चैत्र २०८१, सोमबार | April 8, 2025

ललितपुर झडप अनियन्त्रित भिडबाट भएको रथयात्रा समितिको निस्कर्ष, क्षमा पूजा गरेर जात्रा सम्पन्न गर्ने निर्णय



काठमाडौं । बिहीबार ललितपुरमा रातो मछिन्द्रनाथको रथ तान्ने कार्यमा देखिएकाहरु अनाधिकृत ब्यक्तिहरु भएको रथयात्राको जात्रा परिचालन कार्यदलले स्पष्ट पारेको छ ।

जात्रा ब्यवस्थापन गर्न गठित ब्यवस्थापन समितिको कार्यक्रम बिना रथ तानिएको प्रति खेद प्रकट गर्दै समितिले रितिरिवाज र परम्परा अनुसार योजनाबद्ध तयारी भईरहेको अवस्थामा असम्बन्धित समूहले रथ तान्ने प्रयास गरेको समितिले जनाएको छ ।

१९ वटा जातीय खलः (संयुक्त निर्णय गर्दै मछिन्द्रनाथको रथ यात्रालाई क्षमा पूजा गर्दै सम्पन्न गर्ने निर्णय समेत गरेको छ । जातीय संगठनहरुको निर्णयपछि बुंगद्यः जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले विज्ञप्तिमार्फत रोकिएको रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने जनाएका हुन् ।

बैठकले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै भाद्र १९ गते क्षमा पूजा गर्ने, भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने र २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय गरेको छ । बैठकले भाद्र २६ गते मत्स्छेन्द्रनाथको रथलाई बुंगमती लैजाने निर्णय गरिएको पनि विज्ञप्ति मार्फत जनाइएका छ।

यल (ललितपुर) ज्यापु समाजसँग भाद्र ११ गते बसेको बैठकबाट गुठी संस्थानको समेत परामर्शमा मलमास सुरुहुनु अगावै जात्रा सक्ने निर्णय भएकोमा अनियन्त्रित हुल आई अनाधिकारिक रुपमा रथ तान्न् खोजिएको बिज्ञप्तिमा उल्लेख छ ।

रथ तान्दा बिधिवत पूजारीले तान्न आदेश दिनु पर्ने, मच्छिन्द्रनाथको बहुमूल्य भोटोको सुरक्षार्थ प्रहरी तैनाथ गर्नुपर्ने, ज्यापू समाजले अगुवाई गर्दै रथको डोरी तान्नु पर्ने तथा रथ हिंड्नुअघि एस्कर्टिङ्ग गर्ने गुर्जुको पल्टनले अगुवाई गर्नु पर्ने प्रचलन रहंदै आएको छ ।

वर्षा र सहकालका देवटाकारुपमा सदियौं वर्ष देखि मनाईंदै आएको रथयात्रा गर्ने कार्यक्रम मुलुकमा चलेको बन्दाबन्दी र फैलँदो कोरोना संक्रमणका कारण अवरुद्ध हुंदै आएको थियो ।

ललितपुरमा रथतान्ने नाममा जारी निषेधाज्ञाको उल्लंघन भएपछि स्थानीयबासी र प्रहरी बिच बिहिबार झडप भएको थियो । थप अवस्था बिग्रन नदिन स्थानीय प्रशासनले आज बिहानै ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु घोषणा गरेको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ९ : ४२ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग