१ पुस २०८२, मंगलबार | December 16, 2025

बाराका कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु



वीरगञ्ज । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ ।

बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको भाइरसका कारण मृत्यु भएको हो । मुटु रोगी र दमको समस्या रहेका उनमा उच्च रक्तचापको समेत समस्या थियो ।

उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

भदौ १२ गते स्वाब संकलन गरेको दुई दिनपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । त्यसलगत्तै भदौ १४ गते अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ । साउनयता मात्रै ५१ जनाको मृत्यु भएको छ । मृत्यु भएका ५५ जनामध्ये पर्साका ३९ जना, बाराका १२ जना र रौतहटका ४ जना छन् । पर्सामा मृत्यु भएका दुई जनाको ठेगाना खुलेको छैन ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ९ : ४५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज