१ पुस २०८२, मंगलबार | December 16, 2025

चितवनमा ४१ जना कोरोना संक्रमित थपिए



चितवन । चितवनका थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला र धुलिखेल परीक्षण प्रयोगशालाबाट मंगलबार राति प्राप्त रिपोर्टमा चितवनका ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २८ जना र धुलिखेलमा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरू २१ देखि ८० वर्ष सम्मका छन् । भरतपुरमा गरिएको परीक्षणमा अन्य विभिन्न जिल्लाका ७ समेतगरी ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

चितवनमा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरमा १६ पुरुष र १० महिला गरि २६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरूको क्वारेन्टिन, भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।

यससंगै चितवनमा कुल संक्रमितको संख्या ७९६ पुगेको छ । उनीहरूमध्ये भरतपुर महानगरपालिकाका मात्रै ४ सय ९८ जना पुगेका छन् । १ सय ५४ जनालाई निको भएको छ ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ७ : २५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज