२८ मंसिर २०८२, आइतबार | December 14, 2025

भारतीय अर्थतन्त्र संकटपूर्ण अवस्थामा, जीडीपी २३ दशमलव ९ प्रतिशतले खुम्चियो



नयाँदिल्ली । भारतीय अर्थतन्त्र गत अप्रिलदेखि जुनको तीन महिनाको अवधिमा २३ दशमलव ९ प्रतिशतले खुम्चिएको छ ।

कोरोनाभाइरस महामारीका कारण विगत ४० वर्षयता पहिलो पटक भारतीय अर्थतन्त्रमा यतिधेरै गिरावट आएको हो ।

भारतको राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा त्यस अवधिमा उपभोग्य मागमा कमी आउनुका साथै निजी लगानी समेत खुम्चिएको उल्लेख छ ।

कार्यालयको वक्तव्यमा व्यापार, होटल, यातायात र संचार क्षेत्रमा ४७ प्रतिशत गिरावट आएको तथा औद्योगिक उत्पादनमा करिब ३९ दशमलव ३ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ ।

साथै निर्माण क्षेत्रमा ५० दशमलव ३ प्रतिशतले घट्नुका साथै खनिज उत्खनन २३ दशमलव ३ प्रतिशतमा सीमित भएको छ । विद्युत र ग्यास उत्पादन ७ प्रतिशतले घटेको छ । तर अनुकूल मौसमी परिस्थितिका कारण कृषि उत्पादन ३ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।

भारत सरकार र भारतीय केन्द्रीय बैंकले अर्थतन्त्रलाई चलायमान बनाउन अर्बौं डलरको राहत प्याकेज, सुधार र व्याजदर कटौती गरेका छन् ।

हुनत, भारतको अर्थतन्त्र कोरोनाभाइरस महामारी शुरु हुनुअघि नै खुम्चिँदै गएको थियो । कोभिड–१९ शुरु हुनुअघि विगत ११ वर्षमा पहिलो पटक भारतीय अर्थतन्त्रको वृद्धिदर ४ दशमलव २ प्रतिशतमा ओर्लिएको थियो ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  १ : १९ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%