१ पुस २०८२, मंगलबार | December 16, 2025

रुपन्देहीमा थपिए ५३ नयाँ कोरोना संक्रमित, बुटवल उपमहानगरमा मात्र २५ जना



बुटवल । रुपन्देहीमा बिहिबार संक्रमण पुष्टि हुनेको संख्या ५३ जना पुगेको छ । पछिल्लो २४ घण्टाको बिवरण दिंदै स्वास्थ्य कार्यालय रुपन्देहीले २२ महिला र ३१ पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ ।

बिहिबार पुष्टि भएका संक्रमितहरुमा बुटवल उपमहानगरका २५ जना, तिलोत्तमा नगरपालिकाका १७ जना, सिद्धार्थनगर नगरपालिकाका ४ जना, देवदह नगरपालिकाका ५ जना तथा ओमसतिया र रोहिणीका १।१ जनामा संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा ८१३ जनामा संक्रमण पुष्टि भएको छ भने ४५५ जना कोरोना मक्त भएर घर फर्केका छन् । जिल्लामा ७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यता बुटवल उपमहानगरपालिकाले भने ३८ जना नयाँ संक्रमित थपिएको जनाएको छ । बुटवल उपमहानगरको स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले बुटवलमा बिहिबार २८ जना पुरुष र १० जना महिलामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

सिंहले दिएका जानकारी अनुसार सबै भन्दा बढी वार्ड नम्बर ३ मा १७ जनामा संक्रमण पुष्टि भएको छ भने वडा नम्बर ११ मा ११ जना संक्रमित थपिएका छन् । त्यसैगरि वार्ड नम्बर ६ मा ३ जना, वार्ड नम्बर १२ मा २ जना र वार्ड नम्बर १ मा १ जना नयां संक्रमित थपिएका छन् । ४ जनाको वार्ड र ठेगाना नखुलेको स्वास्थ्य शाखा प्रमुख सिंहले बताए ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ५ : ०८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज