२९ मंसिर २०८२, सोमबार | December 15, 2025

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क : कोरोनाबाट देशभर १५७ जनाको मृत्यु, २४ घण्टामा ८ जनाको निधन



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट हालसम्म १५७ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा आयोजित नियमित कोरोना ब्रिफिङमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले १५७ जनाको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेका हुन् ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको अपडेट गरिएको छ । जसमध्ये तीन जना महिला र ५ जना पुरुष रहेका छन् ।

रुपन्देहीमा मात्रै ३८, ५३ र ५४ वर्षका तीन जना पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

यस्तै, सुनसरीमा ६८ वर्षीय पुरुष, मोरङमा ६५ वर्षीय पुरुष, पर्सामा ७० वर्षीय महिला, काठमाडौंमा ४८ वर्षीय महिला र रुपन्देहीमा ६७ वर्षीय महिलाको मृत्यु भएको गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ४ : ४४ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको