३ पुस २०८२, बिहिबार | December 18, 2025

मनमोहन मेडिकल कलेजमा ३३३ शैयाको कोभिड अस्पताल सुरू



काठमाडौं । काठमाडौंमा कोभिड १९ का बिरामीहरुलाई उपचार गर्नको लागि आइसोलेसन बेडहरुको अभाब भइरहेको अवस्थामा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले ३३३ शैयाको सुबिधा सहित कोभिड १९ का बिरामीहरुको उपचार सुरु गरेको छ ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि.ले सञ्चालन गरेको भाद्र २ गतेबाट कोरोना संक्रमितकोे उपचार सुरु गरेको हो । नेपाल सरकारले निजी तथा सामुदायीक अस्पतालहरुमा कोरोना संक्रमितको उपचार गराउने निर्णय गरेसँगै संस्थाले कोरोना संक्रमितको उपचारका लागि अस्पताल सरकारलाई उपलव्ध गराएको संस्थाले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

अस्पतालको भौतिक संरचना सरकारलाई उपलव्ध गराएपनि कोबिड १९ का बिरामीहरुको उपचारको ब्यवस्थापन मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूबाट नै गरिएको अस्पतालद्धारा जारि गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । अस्पतालमा हालसम्म त्यहाँ ६८ जना संक्रमितको उपचार भईरहेको अस्पतालले जनाएको छ ।

श्रद्धेय नेता मनमोहन अधिकारीको स्मृतिमा बनेको सहकारी संस्थाले कोरोनाको महामारीमा सरकारलाई अप्ठ्यारो परेको अवस्था र राष्ट्रव्यापी फैलिरहेको महामारीलाई नियन्त्रण गर्न आफ्नो कर्तव्य ठानि नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई अस्पताल उपलब्ध गराएको अस्पतालका अध्यक्ष,पुर्व मन्त्री तथा प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले बताए ।

कोभिड १९ का बिरामीहरुलाई उपचार गर्नका लागि मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा प्रशासनिक कर्मचारी र त्यहाँ लाग्ने सम्पूर्ण औषधि तथा अन्य आवश्यक उपकरणहरु÷आइसोलेसनको ब्यवस्थापनमा अस्पताल प्रशासनले नै गर्ने समेत बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ६ : ४६ बजे

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय