२९ मंसिर २०८२, सोमबार | December 16, 2025

कोरोना भाइरसको मारमा सैलुन व्यवसाय



काठमाडौं । जो पनि सुन्दर र आकर्षक देखिन चाहन्छन् । आकर्षक बन्न महत्वपूर्ण भूमिका सैलुन व्यवसायको पनि छ ।

विभिन्न आकर्षक डिजाइनमा कपाल कटाउन, दाह्री काट्न, फेसियल गराउन, कपाल कलर गराउन प्रायःजसो सर्वसाधारण सैलुन धाउनै पर्छ । तर, अहिले कोरोनाका कारण यो व्यवसाय पनि संकटमा परेको छ । कपाल काट्ने एक सिपमूलक व्यवसाय हो। आफ्नो सिप प्रयोग गरेर व्यवसाय सञ्चालन गर्नेहरू अहिले विचल्लीमा छन् ।

परिवार पाल्न, घरधनीलाई भाडा बुझाउन र कामदारलाई मासिक तलब दिन ठूलो समस्या परेको एक सैलुन व्यवसायीको गुनासो छ। कोभिडले सैलुन व्यवसाय धराशयी बनाएको बाराका बिहारी ठाकुरको गुनासो छ । कपनमा शिवम् नामबाट दुईवटा सैलुन पसल सञ्चालन गरेका बिहारीको चैत ११ गतेदेखि व्यवसाय पूर्ण रूपमा बन्द छ ।

व्यवसाय बन्द भएपछि उनलाई परिवार पाल्न धौधौ छ । बिहारीका दुई भाइसँगै १४ जनाको परिवार कपनमा एउटा फ्ल्याट भाडामा लिएर बस्दै आएका छन् । यसका लागि मासिक साढे १७ हजार भाडा र दुईवटा १०/१० हजार गरी २० हजार पनि तिर्नुपर्छ । ‘पसल बन्द हुँदा कोठा र पसलको भाडा तिर्न मुश्किल भयो’, बिहारीले भने, ‘एउटा पसलको एक महिनाको भाडा छुट पाउँदा खुसी लाग्यो तर अर्को पसलको घरधनीले छुट दिनुभएन ।’

सामाखुसी हेयर स्टाइल सैलुनका सञ्चालक रामजनमलाई पनि बिहारीको जस्तै समस्या छ । रामजनमले कोठा र पसलको मासिक २२ हजार रुपैयाँ तिर्दै आएका थिए । सञ्चिती रकम सकिएकाले अब दैनिक गर्जो टार्न कठिन भएको उनले सुनाए । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ७ : २२ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको